Technology Khabar २५ माघ २०८०, बिहीबार
काठमाडौं ।
क्रिकेट एसोसिएसन नेपालले आयोजना गर्न लागेको नेपाल र क्यानाडा बिचको द्विदेशिय सिरिज यही मिति २०२४ को फेब्रुअरी ८ तारिखदेखि डिशहोममा देखाईने भएको छ।
उक्त एक दिवशिय खेलहरू टियू अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ। यस खेलको प्रत्यक्ष प्रसारण मात्र एक्सन स्पोर्ट्स एचडी १ र डिशहोम गोमा एचडी क्वालिटीमा प्रसारण हुँदैछ।
डिशहोम गो ले यसअघि कास्कीको पोखरामा आयोजना भएको २३ औं संस्करणको आहा! रारा गोल्डकप फुटबल प्रतियोगिताको समेत सफल प्रत्यक्ष प्रशारण गरेको थियो।
प्रकाशित: २५ माघ २०८०, बिहीबार