भारतले एप्पल, शाओमी र अन्य ठूला उत्पादकहरूका लागि आयात शुल्क १० प्रतिशत घटाएसँगै स्मार्टफोन उत्पादन फस्टाउने

  • Technology Khabar | १९ माघ २०८०, शुक्रबार
भारतले एप्पल, शाओमी र अन्य ठूला उत्पादकहरूका लागि आयात शुल्क १० प्रतिशत घटाएसँगै स्मार्टफोन उत्पादन फस्टाउने

काठमाडौं ।

भारतले देशभित्र स्मार्टफोन उत्पादनलाई बढावा दिन र मूल्य घटाउने उद्देश्यले स्मार्टफोनका कम्पोनेन्टहरूमा आयात शुल्क १५ प्रतिशतबाट घटाएर १० प्रतिशत गरेको छ।

फलस्वरूप, भारतमा उत्पादन गर्ने कम्पनीहरूले अब क्यामरा लेन्स, ब्याक कभर, प्लास्टिक र मेटल मेकानिकल पार्ट्स, जीएसएम एन्टेना र अन्य देशहरूबाट आयात गरिएका अन्य कम्पोनेन्टहरू जस्ता वस्तुहरूमा न्यून कर तिर्ने उल्लेख गरिएको छ।

भारतीय वित्त मन्त्रि निर्मता सिथारमणले अन्तरिम बजेट घोषणा गर्दै देशभित्रै उत्पादन बढाउन विभिन्न अनुदानहरुको घोषणा गरेकी हुन्। जसमा स्मार्टफोनका पार्टपुर्जा आयातमा १० प्रतिशत मात्र शुल्क लगाउने भएको हो।

यो निर्णयले एप्पल सहित प्रमुख निर्मातामाझ खुशी ल्याएको जनाइएको छ। यद्यपि १५ प्रतिशत देखि १० प्रतिशत सम्मको ड्रप (छुट) प्रारम्भमा पर्याप्त नदेखिन सक्छ, तर अरबौं डलरको मूल्यवान अपरेशनहरूमा भने यो निकै महत्त्वपूर्ण हुने उल्लेख गरिएको छ।

लागत कटौतीले हालका उत्पादकहरू जस्तै एप्पल, सामसङ, शाओमी, ओप्पो, भिभो, रियलमी र वानप्लसलाई आफ्नो लगानी बढाउन र नयाँहरूलाई भारतमा उत्पादन सुरु गर्न प्रेरित गर्न सक्नेछ।

सन् २०२२ मा एक बिलियन अमेरिकी डलर लगानीको साथ एप्पलले भारतस्थित आफ्नो कारखानामा आईफोन र एयरपडहरू बनाउन सुरु गरेको थियो।

शाओमीले पनि सन् २०१४ देखि रेडमी, एमआई, र पोको जस्ता स्मार्टफोनहरू उत्पादन गर्दै, पाँच भारतीय कारखानाहरू सञ्चालन गर्दै आएको छ। त्यसका साथै सन् २००७ मा भारतमा उत्पादन सुरु गरेको सामसङले ग्यालेक्सी, एम, र ए जस्ता ब्रान्ड अन्तर्गत फोन बनाउने ६ ओटा कारखानाहरू सञ्चालन गरि रहेको छ।

पछिल्लो समय बिक्री मात्र नभएर उत्पादन पनि गर्दै भारत प्राविधिक कम्पनीहरूका लागि एक प्रमुख प्राविधिक बजार र सेन्ट्रल (केन्द्रिय) हबको रूपमा उभिएको छ। यसैलाई बिस्तार गर्ने उद्देश्यले भारतीय सरकारले कर घटाएको अनुमान गरिएको छ।

प्रकाशित: १९ माघ २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...