एप्पलले स्टोलेन डिभाइस प्रोटेक्शनको साथ जारी गर्यो आईओएस १७.३

Technology Khabar १० माघ २०८०, बुधबार

काठमाडौं ।

एप्पलले मंगलबार सपोर्टेड डिभाइसहरूका लागि आईओएस १७.३ र आईप्याडओएस १७.३ जारी गरेको छ।

त्यसका साथै एप्पलको मोबाइल ओएस अद्यावधिकहरू जस्तै आईओएस अपडेट पनि यस अघिदेखि नै चाहनेहरु सबैका लागि उपलब्ध हुने जनाइएको छ।

नयाँ आईओएस अपडेटले नयाँ स्टोलेन डिभाइस प्रोटेक्शन फिचर पनि साथमा ल्याएको छ। यदि कसैले तपाईंको डिभाइस चोरेको खण्डमा र तपाईंको पासकोड पनि छ भने यो फिचर (सुविधा) ले सुरक्षाको थप तह ल्याउने छ।

स्टोलेन डिभाइस प्रोटेक्शन प्रयोग गर्नका लागि सेभ गरिएका पासवर्डहरू पहुँच गर्न फेस आईडी वा टच आईडी आवश्यक पर्ने जनाइएको छ।

आफ्नो एप्पल आईडी पासवर्ड वा आफ्नो डिभाइसको पासकोड जस्ता संवेदनशील सेटिङहरू परिवर्तन गर्दा सेक्योरिटी डिलेद्वारा सुरक्षित गरिएको हुने भएकाले (जबसम्म आईफोन परिचित स्थानहरूमा छैन)–फेस आईडी वा टच आईडी चाहिने उल्लेख गरिएको छ। त्यसपछि एक घण्टा पर्खनु पर्ने र यसका अतिरिक्त सफल बायोमेट्रिक प्रमाणीकरणको पनि आवश्यक पर्ने थप उल्लेख गरिएको छ।

नयाँ अपडेटले नयाँ वालपेपर थपेको छ भने एप्पल म्युजिकमा आफ्ना साथीहरूसँग (साथै कुनै पनि ट्र्याकमा इमोजी प्रतिक्रियाहरू थप्न सकिने) प्लेलिस्टहरूमा सहकार्य गर्न सकिने उल्लेख छ।

एयरप्लेमा अब होटेल सपोर्ट पनि रहेको हुनाले आफ्नो होटेलको कोठामा रहेको टिभीमा कन्टेन्ट (सामग्री)लाई सिधै स्ट्रिम गर्न अनुमति दिनुका साथै क्र्यास डिटेक्शन पनि अप्टिमाइज गरिएको छ।

प्रकाशित: १० माघ २०८०, बुधबार

तपाइको प्रतिक्रिया