१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना

  • Technology Khabar | १ माघ २०८०, सोमबार
१९ जिल्लामा नमूना दूरसञ्चार सेवा विकास आयोजना स्थापना
रुकुम जिल्लामा रहेको नेपाल टेलिकमको टावर। फाइल तस्विर

काठमाडौं ।

नेपाल टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले विभिन्न १९ जिल्लामा आइतबार एकैसाथ नमूना दूरसञ्चार सेवा विकास आयोजना (कार्यान्वयन इकाइ) स्थापना गरेको छ।

इकाइले नमूना घोषणा गरिएका जिल्लामा दूरसञ्चार सेवाको विकासमा सहजीकरण गर्ने टेलिकमका प्रबन्धक डा बिमल आचार्यले जानकारी दिएका छन्।

टेलिकमले पहिलो चरणमा मोरङ, खोटाङ, उदयपुर, धनुषा, रौतहत, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेतm, जुम्ला, कैलाली, बाजुरा, रुकुम पश्चिम, जाजरकोट, बर्दिया र रोल्पालाई नमूना जिल्ला घोषणा गरी सबै बस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिकस्थलमा गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउने तयारी गरेको छ।

नमूना जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधि तथा भौगोलिक दृष्टिकोणबाट सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधारको पहुँच विस्तार गरिने टेलिकमले जनाएको छ।

ती जिल्लाका अधिकांश मानवबस्तीमा गुणस्तरीय मोबाइलका साथै इन्टरनेट (एनटी फाइबर) सेवा उपलब्ध गराइने छ।

प्रकाशित: १ माघ २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १ माघ २०८०, सोमबार