भारतीय टाटा समूहले गुजरातमा सेमिकण्डक्टर निर्माण कारखाना निर्माण गर्ने घोषणा

  • Technology Khabar | २७ पुष २०८०, शुक्रबार
भारतीय टाटा समूहले गुजरातमा सेमिकण्डक्टर निर्माण कारखाना निर्माण गर्ने घोषणा

काठमाडौं ।

भारतीय टाटा समूहले बुधबार गुजरातमा अत्याधुनिक अर्धचालक (सेमिकण्डक्टर) निर्माण कारखाना निर्माण गर्ने योजना घोषणा गरेको छ।

टाटा सन्सका अध्यक्ष एन. चन्द्रशेखरनले गान्धीनगरमा भएको १० औं भाइब्रेन्ट गुजरात ग्लोबल समिटमा बोल्दै टाटा समूह राज्यको ढोलेरामा ठूलो सेमीकन्डक्टर फेब्रिकेशन प्लान्टलाई अन्तिम रूप दिने र घोषणा गर्ने अवस्थामा रहेको बताए।

“हामी सेमीकन्डक्टर फ्याबको लागि वार्ता पूरा गर्न लागेका छौं र यसलाई २०२४ मा शुरु गर्नेछौं,” उनले भने।

कम्पनीले आगामी केही महिनाभित्र गुजरातमा २० गीगावाट ब्याट्री भण्डारण कारखानाको निर्माण पनि सुरु गर्न सक्छ।

“यो महत्वाकांक्षी पहलले टाटाको नवीकरणीय ऊर्जा क्षेत्रमा आफ्नो उपस्थिति बढाउन र दिगो उर्जा समाधानहरूमा भारतको बढ्दो फोकसमा योगदान पुर्याउनको लागि रणनीतिक कदम हो,” चन्द्रशेखरनले भने।

टाटा समूहले तमिलनाडुको होसुरमा भारतको सबैभन्दा ठूलो आईफोन एसेम्बली प्लान्ट निर्माण गर्ने योजना पनि बनाएको छ।

मिडिया रिपोर्टका अनुसार यो सुविधाले दुई वर्ष भित्र करिब २० वटा एसेम्बली लाइन र ५० हजार कामदारलाई रोजगारी दिने अपेक्षा गरिएको छ। यो साइट १२ देखि १८ महिनाभित्र सञ्चालनमा आउने अपेक्षा गरिएको छ।

गत वर्ष सेप्टेम्बरमा अमेरिकी कम्पनी माइक्रोन टेक्नोलोजीले गुजरातको साणदमा २२,५०० करोड भारतीय रुपैयाँको प्लान्टको निर्माण सुरु गरेको थियो, जसले भारतको सेमिकण्डक्टर यात्राको लागि बेन्चमार्क तय गर्नेछ।

ईन्जिनियरिङ प्रमुख लार्सन एण्ड टुब्रो (एल एण्ड टी) ले पनि सेमीकन्डक्टर हब बन्ने देशको योजनालाई गति दिने एउटा फ्याबलेस सेमीकन्डक्टर चिप डिजाइन सहायक कम्पनी स्थापना गर्न ८३० करोड भारुसम्म लगानी गर्ने घोषणा गरेको छ।

प्रकाशित: २७ पुष २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

KMC hosts three-day workshop on advanced research methods, data analysis, and ethical use of AI

  • Technology Khabar
  • २७ पुष २०८०, शुक्रबार