
काठमाडौं ।
चर्चित युट्युबर मिस्टर बिस्टको टीम नेपाल आइपुगेको छ। उनले ‘सिक्रेट मिसन’का लागि आफ्नो टीम नेपाल आएको जानकारी आफ्नै युट्युव भिडियोबाट दिएका छन्।
उनले भिडियोमा आफू टिमसहित नेपाल आइपुगेको बताएका छन्। उनी डेरेन नामक सहयोगीसहित हेलिकोप्टरमार्फत सगरमाथा आधार शिविरमा पुगेको भिडियोमा देखिन्छ।
उनले आफू आएको कारण २०२४ मा मात्र खुलाउने बताएका छन्।
मिस्टर बिस्ट सन् २०२३ मा भारतीय कम्पनी टि-सिरिजको युट्युब च्यानलपछि दोस्रो सर्वाधिक फलोअर भएका युट्युबर हुन्। उनलाई युट्युबमा सब्सक्राइब गर्नेको संख्या २२ करोड ४० लाख छ। उनी विशेषगरी “स्क्वीड गेम” नामक कोरियाली सिरिजलाई आफ्नो च्यानलमार्फत आयोजना गरेसँगै विश्वभर चर्चामा आएका हुन्।
उनको अर्को परोपकारी च्यानल ‘बिस्ट फिलान्थ्रोपी’लाई युट्युबमा २ करोड ५० लाख जनाले पछ्याएका छन्। उनले नेपाल आएको जानकारी पनि यहि च्यानलमार्फत दिएका हुन्।
उनी पछिल्लो समय परोपकारी कार्यका लागि विभिन्न मुलुकमा घुमिरहेका छन्। उनले कयौं देशहरुमा खानेपानी, घर निर्माण र अन्य परोपकारी कार्य गर्ने घोषणा गरेर सहयोग गरिरहेका छन्।
प्रकाशित: १६ पुष २०८०, सोमबार