सरकारी वेबसाइटहरुमा समस्या

  • Technology Khabar | १६ पुष २०८०, सोमबार
सरकारी वेबसाइटहरुमा समस्या

काठमाडौं ।

आजपनि सरकारी वेबसाइटहरु डाउन भएका छन्। आज बिहानैदेखि सबैजसो सरकारी वेबसाइटहरु समस्याग्रस्त रहँदै आएका छन्।

राष्ट्रिय सूचना प्रविधि केन्द्रमा होस्ट भएका सबैजसो सरकारी साइटहरु डाउन भएको देखिन्छ।

टेक्नोलोजीखबरले हेर्दा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री कार्यालय, परराष्ट्र मन्त्रालय, उद्योग मन्त्रालय नेपाल दूरसञ्चार प्राधिकरण लगायतका आधिकारीक वेबसाइटहरु डाउन भएका छन्।

त्यसमध्ये केहि वेबसाइटहरु खुल्ने र फेरी डाउन हुने क्रम चलिरहेको देखिन्छ।

वेबसाइटहरु डाउन भएसँगै राष्ट्रिय सूचना प्रविधि केन्द्रका प्राविधिकहरू समस्या सुल्झाउन खटिएको बताईएको छ। ह्याकरहरूले विदेशबाट ठुलो सङ्ख्यामा ट्राफिक पठाएर अवरोध गरेको बताइएको छ।

हिजो आइतबार समेत मध्यान्हदेखि सरकारी वेबसाइटहरु डाउन भएका थिए।

प्रकाशित: १६ पुष २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार