सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित, अधिकांश विद्यार्थीहरू पहिले नै रोजगार

  • Technology Khabar | १५ पुष २०८०, आईतवार
सफ्टवेरिका कलेजका २४८ विद्यार्थी दीक्षित, अधिकांश विद्यार्थीहरू पहिले नै रोजगार

काठमाडौं ।

सफ्टवेरिका कलेज अफ आइटी एन्ड ईकमर्सले बिहीबार काठमाडौंमा आयोजना गरेको दीक्षान्त समारोहमा २४८ जना विद्यार्थी दीक्षित भएका छन्।

सफ्टवेरिका कलेजले करिब डेढ दशकदेखि बेलायतस्थित कोभेन्ट्री विश्व विद्यालयको आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको छ भने यही सन् २०२३ मा कम्प्युटिङ र इथिकल ह्याकिङ तथा साइबर सेक्युरिटीमा स्नातक तह उत्तीर्ण गरेका २४८ जना विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र उपलब्ध गराएको हो।

सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले आइटी क्षेत्रमा विभिन्न सरकारी र निजी स्तरीय कार्यक्रम आयोजना गर्दै आएको भन्दै आइटीसम्बन्धी अध्ययन गर्ने विद्यार्थीहरुले पनि यस्ता प्रतियोगिताहरुमा संलग्न हुन सके उनीहरुको भविष्य अझ राम्रो हुने बताए। काम गरेर नै धेरै कुरा सिकिने उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले दीक्षित सम्पूर्ण विद्यार्थीलाई आफ्नो क्षेत्रसँग सम्बन्धित जुनसुकै काम पाए पनि त्यसमा आबद्ध हुन आग्रह गरेका छन्।

सफ्ट्वेरिका कलेज प्रमुख प्रमोद पौडेलले दीक्षित विद्यार्थीलाई आगामी यात्राका लागी बधाई तथा शुभकामना व्यक्त गरेका थिए। कलेज प्रमुख पौडेलको भनाई अनुसार, “अधिकांश दीक्षित विद्यार्थीले स्नातक अघि नै आफ्नो जागिर सुरु गरिसकेका छन् जुन हाम्रो लागी निकै गौरवको कुरा हो। यसले हाम्रो सफलता र उपलब्धिको उत्सवलाई थप बलियो बनाएको छ।”

यसले नेपालको आईटी उद्योगका लागि पर्याप्त संख्यामा दीक्षित विद्यार्थी उत्पादन गर्ने सफ्टवारिका कलेजको समर्पणलाई प्रतिबिम्बित गर्दछ र उनीहरूलाई व्यापक रुपमा विकसित हुँदै गइरहेको आईटी क्षेत्रमा विश्वव्यापी चुनौतीहरूको सामना गर्न आवश्यक सीपहरू प्रदान गर्ने पौडेलले बताएका थिए।

प्रकाशित: १५ पुष २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार