
काठमाडौं ।
भारतको एक अदालतले शनिबार चिनियाँ स्मार्टफोन निर्माता भिभोको भारत इकाईमा काम गर्ने दुई वरिष्ठ कर्मचारीलाई रिहा गर्न आदेश दिएको छ।
भारतको आर्थिक अपराध विरुद्ध लड्ने एजेन्सी इन्फोर्समेन्ट डाइरेक्टरेटले यस महिना भिभोका दुई जना अधिकारीहरू हङ सुक्वान, एक चिनियाँ नागरिक र हरिन्दर दहियालाई पक्राउ गर्यो।
उनीहरुलाई कथित सम्पत्ति शुद्धीकरणको मुद्दामा भिभोको भारतीय इकाईका लागि काम गर्दै गरेको आरोप लगाईएको छ।
भिभोमाथि भारतीय एजेन्सीले लामो समयदेखि सम्पत्ति शुद्धिकरण गरेको भन्दै अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १५ पुष २०८०, आईतवार