लुम्बिनी प्रदेशमा नेपाल टेलिकमको टेलिफोन पहुँच १८ प्रतिशतले बढ्यो

  • Technology Khabar | १२ पुष २०८०, बिहीबार
लुम्बिनी प्रदेशमा नेपाल टेलिकमको टेलिफोन पहुँच १८ प्रतिशतले बढ्यो

काठमाडौं ।

लुम्बिनी प्रदेशमा नेपाल टेलिकमको टेलिफोन पहुँच बढेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वार्षिक आर्थिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा लुम्बिनी प्रदेशमा नेपाल टेलिकमको टेलिफोन पहुँच १८.७ प्रतिशतले बढेको हो।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा लुम्बिनी प्रदेशमा नेपाल टेलिकमद्वारा वितरित टेलिफोन संख्या २५ लाख ५८ हजार ५५ रहेको गत आवमा ३० लाख २० हजार १९९ पुगेको छ।

जस अनुसार स्थायी (फिक्स्ड) टेलिफोन सेवा ५४ हजार ५१८ र मोबाइल २९ लाख ६५ हजार ६८१ रहेको छ।

यस्तै इन्टरनेट सेवा समीक्षा वर्षमा गत वर्षको तुलनामा १८.८४ प्रतिशतले बढेर ६४ हजार १६६ पुगेको छ। अघिल्लो आवमा इन्टरनेट सेवा ५३ हजार ९९५ पुगेको थियो।

प्रकाशित: १२ पुष २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार