टेलिकमकी निमित्त प्रबन्ध निर्देशकले भनिन्- ‘टेरामोसबाट २ करोड ग्राहकको गोपनियताको जोखिम छ’

  • Technology Khabar | ११ पुष २०८०, बुधबार
टेलिकमकी निमित्त प्रबन्ध निर्देशकले भनिन्- ‘टेरामोसबाट २ करोड ग्राहकको गोपनियताको जोखिम छ’
फाइल फोटो।

काठमाडौं ।

नेपाल टेलिकमले कानूननै नबनाई टेरामोस जडान गर्न खोजिएको आरोप लगाएको छ।

टेलिकमकी निमित्त प्रबन्ध निर्देशक संगीता पहाडीले आफूहरुसँग पहिलेनै भएको सिस्टमलाई नेपाल दूरसञ्चार प्राधिकरणले पुन जडान गराउन खोजिएको बताएकी छन्।

उनले आज सार्वजनिक लेखा समितिमा भईरहेको छलफलमा टेरामोसको जस्तै सिस्टम लाइसेन्स लिँदै जडान गरिनुपर्ने बाध्यता कानूनमा रहेको भन्दै अहिले फेरी त्यस्तै सिस्टम जडान गराउन खोजिएको आरोप लगाईन्।

“त्यो सेवा कुनैपनि अपरेटरको बेसिक सर्भिसमै पर्दछ र इक्वुपमेन्ट आफैंले व्यवस्था गर्नुपर्छ भनेर कमिट गरेका हुन्छौं। नेपाल दूरसञ्चार प्राधिकरणले कुनैपनि बेला आएर त्यो सिस्टम मनिटर गर्न सक्नुहुन्छ,” पहाडीले भनिन्।

उनले आफ्ना करिब २ करोड ग्राहकहरुको गोपनियताको विषय भएको हुँदा जडान गर्न नसकिएको बताईन् ।

यसका साथै उनले कानूननै नबनाई जडान गर्न खोजिएको आरोप समेत लगाईन्।

उनले सांसदहरुको प्रश्नको जवाफ दिँदै कुनैपनि बेला एनटीएले सिस्टम मनिटरिङ्ग गर्न सकिने र पछिल्लो तीन महिनामा ३ ओटा भीओआईपी समातिएको बताईन् ।

यसैगरी बिलको लागि समेत रेभेन्यू शेयरिङ्ग बिल सिस्टम समेत रहेको जानकारी दिईन्।

प्रकाशित: ११ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार