
काठमाडौं ।
नेकपा एमालेका सांसद गाेकुल बास्काेटाले टेरामोस खरिदको बारेमा अध्ययन गर्न छानबिन समिति बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै पूर्व सञ्चारमन्त्री तथा सांसद बास्कोटाले समितिकाे क्षमताले खरिद सम्झौताकाे विषयमा टुंगाे लगाउन सक्दैन भने विज्ञहरू सम्मिलित छानबिन समिति बनाउनुपर्ने सुझाब दिएका हुन्।
उनले टेरामोसको सम्झौता पत्र कहाँ छ भन्दै उक्त खरिद सम्झौताको बारेमा पूर्ण बिबरण उपलब्ध गराउन माग गरे।
साथै टेरामक्सकाे सम्झौता पत्र कहा छ? सक्कल एनटीए र भेन्डर कम्पनी बिच भएकाे खरिद सम्झौतामा सबै कुरा उल्लेखित हुन्छ। पेमेन्ट सिस्टम, सफ्टवेयर, हार्डवेयर, कम्मनीले कहाँ उपलब्ध गरायो, कम्पनीको स्ट्याटस सबै बुझेर हुन्छ। त्याे उपलब्ध गराउनु पर्याे,” सांसद बास्कोटाले भने।
प्रकाशित: ११ पुष २०८०, बुधबार