ताजा समाचार

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न माग
नेपाल ईन्जिनियर्स एशोसिएशन (नेइए)को पुल्चोक ललितपुरमा रहेको कार्यालय भवन । फाइल तस्बिर
Global IME Bank

इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न नेपाल इन्जिनियरिङ एसोसिएसनले माग गरेको छ।

निजी क्षेत्रमा काम गर्ने इन्जिनियरहरूको न्यूनतम पारिश्रमिक निर्धारण गर्न आइतबार पत्रकार सम्मेलन गर्दै एसोसिएसनले सरकारसँग माग गरेको हो ।

सरोकारवाला निकायहरूसँगको चरणबद्ध छलफल र अनलाइन सर्भेबाट प्राप्त सुझावका आधारमा  न्यूनतम ३७,१३५ रुपैयाँ पारिश्रमिक हुनुपर्ने एसोसिएसनले जनाएको छ।

न्यूनतम पारिश्रमिक तय नहुँदा शोषणमा परेका इन्जिनियरहरू विदेश पलायन हुने भन्दै एसोसिएसनका अध्यक्ष हरि बहादुर दर्लामीले दक्ष जनशक्तिको पलायनलाई न्यूनीकरण गर्न पनि न्यूनतम पारिश्रमिक तोकिनुपर्ने तर्क गरे।

एसोसिएसनको माग पत्रमा निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।

देशमा हाल करिब ८० हजार इन्जिनियरहरू काममा छन् । जसमध्ये ७० प्रतिशतभन्दा बढी नीजि क्षेत्रमा कार्यरत रहेको एसोसिएसनले जनाएको छ।

Sajilo Visa
easy care