चीनले समुन्द्रबाट तीन ओटा भूउपग्रह सफल प्रक्षेपण गर्यो

Technology Khabar ११ पुष २०८०, बुधबार

काठमाडौं ।

चीनले मंगलबार लङ मार्च-११ क्यारियर रकेट सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ, जसमार्फत तीनओटा भूउपग्रहहरूलाई योजनाबद्ध कक्षमा पठाएको छ।

ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रले दक्षिण चीनको ग्वाङडोङ प्रान्तको याङजियाङको तटीय क्षेत्रबाट बिहान ६:३९ बजे (बेइजिङ समय) रकेट प्रक्षेपण गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ।

शियान २४सी (Shiyan-24C) नामक स्याटेलाइट मुख्यतया अन्तरिक्ष विज्ञान र प्रविधि प्रयोगका लागि प्रयोग गरिने छ।

यो लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५०३औँ मिसन थियो।

प्रकाशित: ११ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया