चीनमा चिप–मेकिङ लिथोग्राफी सिस्टमको आयात नोभेम्बरमा दश गुणाले बढ्यो

  • Technology Khabar | ११ पुष २०८०, बुधबार
चीनमा चिप–मेकिङ लिथोग्राफी सिस्टमको आयात नोभेम्बरमा दश गुणाले बढ्यो

काठमाडौं ।

चिनियाँ कम्पनीहरूलाई अमेरिकी कम्पनीहरूबाट उन्नत चिप–मेकिङ इक्विपमेन्ट (चिप बनाउने उपकरणहरू) किन्नका लागि प्रतिबन्ध लगाउने हालको अमेरिकी प्रतिबन्धहरूको बीचमा, त्यहाँ अन्य बजारहरूतर्फ सिफ्ट भएको देखिएको उल्लेख छ।

गत महिना नेदरल्यान्ड्सबाट चीनमा लिथोग्राफी सिस्टमको आयात वार्षिक रुपमा दश गुणा बढेको जनाइएको छ। चीनले ७६२.७ मिलियन अमेरिकी डलरको कुल मूल्यको मेसिनको १६ इकाइहरू आयात गरेको थियो। साथै नोभेम्बर महिनामा लिथोग्राफी सिस्टमको आयातको ठूलो हिस्सा नेदरल्याण्ड र जापानबाट आएको उल्लेख गरिएको छ।

चीनको सेमीकन्डक्टर उत्पादकहरूले अमेरिका बाहिरका बजारहरूबाट अल्टरनेटिभ क्रिटिकल फेब्रिकेशन इक्विपमेन्ट बढ्दोरूपमा प्राप्त गरिरहेका छन्। त्यसका साथै यसले चिनियाँ कम्पनीहरूलाई चिप निर्माणका लागि आवश्यक पर्ने केही उन्नत उपकरणहरू किन्नबाट अझै पनि पूर्ण रूपमा रोक नलगाइएको संकेत गरेको छ।

गत अक्टोबर महिनामा, चीनले ६७२.५ मिलियन अमेरिकी डलर मूल्य बराबरको २१ लिथोग्राफी सिस्टमहरू आयात गरेको र गत नोभेम्बर महिनामा फेरि १६ सिस्टमहरू ७६२.७ मिलियन अमेरिकी डलरको उच्च रकममा आयात गरिएको थियो।

अमेरिकाले भने अन्य देशहरूलाई पनि चिनियाँ कम्पनीहरूलाई उन्नत उपकरणहरू बेच्नबाट प्रतिबन्ध लगाउने प्रयासमा अथक प्रयास गरिरहेको तर यसले प्रवाहलाई पूर्ण रूपमा रोक्न नसकेको बताईएकोछ।

नेदरल्याण्ड्स लिथोग्राफी मेसिनहरूको अग्रणी निर्माताए एसएमएलको घर हो। सबैभन्दा उन्नत चिप्स बनाउन प्रयोग गरिने लिथोग्राफी इक्विपमेन्टको सबैभन्दा ठूलो निर्यातकर्ताको रुपमा रहेको नेदरल्याण्ड्सलाई जापानले पछ्याएको छ। सन् २०२३ को नोभेम्बर महिनामा लिथोग्राफी इक्विपमेन्टको चीनले आयात गरेको ठूलो हिस्साका लागि नेदरल्याण्ड र जापानले योगदान पुर्याएको उल्लेख छ।

यद्यपी उन्नत लिथोग्राफी इक्विपमेन्ट (प्रणालीहरू) को लागि प्रविधिको सन्दर्भमा चीन अझै धेरै टाढा रहेको छ। सरकारले ठूलो लगानी गरे तापनि उक्त खाडल कम गर्न सकेको छैन्। साथै चिनियाँ फ्याबहरूमा प्रयोग हुने लिथोग्राफी सिस्टमहरूको ५ प्रतिशत भन्दा कम सन् २०२१ सम्म चीनमा नै बनेको अनुमान गरिएको छ।

यद्यपि,  नेदरल्याण्ड्स र जापान दुवैले चिप–मेकिङ इक्विपमेन्ट (चिप बनाउने उपकरणहरू) मा नयाँ गाइडलाइन्स र निर्यात नियन्त्रणहरू जारी गरेका छन् भने दुवै देशहरुले जनवरीमा अमेरिकी अनुरोधलाई स्वीकार गरेका थिए। साथै चीनलाई लक्षित गर्दै अमेरिकी वाणिज्य विभागले नयाँ प्रतिबन्धहरू सक्रिय गरेको छ।

संयुक्त राज्य अमेरिकाले ‘डे मिनिमिस’ नियमलाई खारेज गरेको छ जुन निश्चित डिप अल्ट्राभायोलेट (डीयूभ) उपकरणहरूमा लागू हुनेछ। गत महिनादेखि नयाँ नियम लागू गरिएको र एएसएमएललाई चीनमा उन्नत सेमीकन्डक्टर निर्माणमा संलग्न केही फ्याबहरूमा उन्नत इमर्सन डीयूभी लिथोग्राफी सिस्टम (प्रणाली)हरू ढुवानी गर्न प्रतिबन्ध लगाउने उल्लेख गरिएको छ।

नोभेम्बरमा ढुवानी गरिएका उपकरणहरूले सन् २०२२ वा सन् २०२३ को सुरुमा इजाजतपत्र प्राप्त गरेको हुनाले आयातमा भएको वृद्धि नयाँ प्रतिबन्धहरूसँग संबद्ध नभएको हुन सक्ने भनि गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: ११ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार