सन् २०२६ मा माइक्रोएलईडी डिस्प्ले भएको एप्पल वाच अल्ट्रा आउने सम्भावना

  • Technology Khabar | ४ पुष २०८०, बुधबार
सन् २०२६ मा माइक्रोएलईडी डिस्प्ले भएको एप्पल वाच अल्ट्रा आउने सम्भावना

काठमाडौं ।

एप्पलले यस वर्ष सेप्टेम्बरमा दोस्रो पुस्ताको वाच अल्ट्रा लन्च गरेको थियो। आफ्नो पूर्ववर्तीमा इन्क्रिमेन्ट अपग्रेडका साथ उक्त दोस्रो पुस्ताको वाच अल्ट्रा आइपुगेको थियो। यसैबीच एप्पलले वाच अल्ट्राको अर्को संस्करणमा डिस्प्ले अपग्रेड गर्ने योजना गरिरहेको छ।

ताइवानको अनुसन्धान फर्म ट्रेन्डफोर्सकाअनुसार, एप्पलले वाच अल्ट्राको अर्को संस्करणमा माइक्रोएलईडी डिस्प्ले प्रस्तुत गर्ने योजना बनाएको छ। साथै यसले हालको मोडेलहरूमा रहेको ओएलईडी प्यानललाई प्रतिस्थापन गर्नेछ। त्यसैगरी तेस्रो पुस्ताको वाच अल्ट्राको स्क्रिन साइजलाई वाच अल्ट्रा २ मा रहेको १.९१ इन्चबाट २.१२ इन्चमा अपग्रेड गरिने उल्लेख गरिएको छ।

माइक्रोएलईडी डिस्प्ले प्यानलहरू पातलो, हल्का र पावर इफिसियन्ट हुनुका साथै तिनीहरूको ओएलईडी समकक्षहरूको तुलनामा थप ब्राइटनेस प्रदान गर्ने जनाइएको छ।

तर, एप्पलले माइक्रोएलईडी डिस्प्लेको उत्पादनको लागि लोअर यल्ड रेट (कम उपज दर) को चुनौती सामना गरेको छ। त्यसैले ट्रेन्डफोर्सले प्यानलको लागत ओएलईडीको तुलनामा २.५ देखि ३ गुणाले बढ्ने अनुमान गरेको छ।

टेक जायन्टले वाच अल्ट्राको माइक्रोएलईडी स्क्रिनको लागि ओएसआरएएम र एलजी डिस्प्लेसँग पनि काम गरिरहेको उल्लेख गरिएको छ।

माइक्रोएलईडी डिस्प्ले भएको एप्पल वाच अल्ट्रा सन् २०२६ मा आइपुग्ने अनुमान छ। विगतमा, केही उद्योग विश्लेषकहरूले एप्पलले अर्को वर्ष वा सन् २०२५ मा आफ्नो स्मार्टवाचहरूमा माइक्रोएलईडी डिस्प्ले एकीकृत गर्न सक्ने खुलासा गरेका थिए।

प्रकाशित: ४ पुष २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार