कार्तिकमा डिजिटल वालेट मार्फत २० अर्ब भुक्तानी

  • Technology Khabar | २९ मंसिर २०८०, शुक्रबार
कार्तिकमा डिजिटल वालेट मार्फत २० अर्ब भुक्तानी

काठमाडौं ।

नेपालमा डिजिटल भुक्तानी सेवा वालेटको प्रयोगकर्ता बढेको देखिए पनि कारोबार रकम भने घटेको देखिएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको २०८० कार्तिकको मासिक भुक्तानी प्रणाली सूचकमा डिजिटल वालेटको प्रयोगकर्ता २ करोड ५ लाख ६७ हजार ४०१ पुगेको देखिन्छ।

असोजमा वालेट प्रयोगकर्ता २ करोड २ लाख ७६ हजार १६१ थिए। एक महिनाको अवधिमा वालेट प्रयोगकर्ता २ लाख ९१ हजार २४० ले बढेका छन्।

असोजको तुलनामा कार्तिकमा करिब ३ लाखले वालेट प्रयोगकर्ता बढे पनि भुक्तानी रकम भने घटेको देखिन्छ। असोजमा वालेट मार्फत २२ अर्ब ७९ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको थियो भने कार्तिकमा २० अर्ब २४ करोड ६० लाख रुपैयाँ भुक्तानी भएको छ। एक महिनाको अवधिमा वालेट मार्फत हुने भुक्तानी २ अर्ब ५५ करोड रुपैयाँ अर्थात ११.१९ प्रतिशतले घटेको छ।

प्रकाशित: २९ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार