
काठमाडौं ।
सन् २०२० को उत्तरार्धमा ह्वावेबाट अलग भएपछि स्मार्टफोन ब्राण्ड अनर आफ्नै बाटोमा अघि बढिरहेको छ। त्यसैपश्चात कम्पनीले द्रुत वृद्धिको अनुभव गरेको र अब अनरका कार्यकारीहरूले इनिसियल पब्लिक अफरिङ्गस (आईपीओ) को तयारी गरिरहेका छन्।
अहिलेको लागि मुख्य विवरणहरू सार्वजनिक गरिएका छैनन भने कम्पनीको स्टक कहाँ र कहिले सूचीबद्ध हुनेछ भनेर नखुलाइएको उल्लेख छ। त्यो भन्दा पहिले निर्देशक बोर्डको पुनर्गठन गरिने र त्यहिँबाट सेयर जारी गर्ने कार्य शुरू हुने बताईएको छ।
सेयरधनीहरूको बैठकमा भएको निर्वाचनपछि, बोर्डको निर्देशक र अध्यक्षको रूपमा वू हुई र उपाध्यक्षको रूपमा वान बियाओले सेवा गर्नेछन्। त्यसैगरी बोर्डले विविधतालाई अँगाल्न र नियामक आवश्यकताहरू पूरा गर्न थप परिवर्तनहरू देख्ने उल्लेख गरिएको छ।
चीनको स्मार्टफोन बजार अझै घटिरहेको भनी आईडीसी र काउन्टरपोइन्ट बाट प्राप्त डाटाले जनाएको छ। यद्यपी अनरले भने बढेको बिक्री (गत वर्षको तेस्रो त्रैमासिकको तुलनामा) हासिल गर्न सफल भएको र हाल देशको सबैभन्दा ठूलो स्मार्टफोन ब्रान्ड बनेर भिभो भन्दा अगाडि रहेको छ।
स्थापित ब्रान्डहरूको वर्षिक रुपमा घट्दो ढुवानीसँगै (काउन्टरपोइन्ट डाटा अनुसार) युरोपको बजार भने खासै धेरै नतातिएको तर अनरले फेरि पनि आफ्नो शेयर बढाउन सफल भएको (त्यसो गर्न शीर्ष ५ मा एक मात्र ब्रान्ड) छ।
प्रकाशित: ९ मंसिर २०८०, शनिबार