क्वालकम र मिडियाटेकले सामसङको सट्टा टीएसएमसीबाट ३ एनएम चिप लिने

  • Technology Khabar | ९ मंसिर २०८०, शनिबार
क्वालकम र मिडियाटेकले सामसङको सट्टा टीएसएमसीबाट ३ एनएम चिप लिने

काठमाडौं ।

चिप बनाउने प्रमुख दिग्गजहरू एनभिडिया, क्वालकम, मिडियाटेक र अन्यहरुले आफ्नो हाई–इन्ड चिपसेटहरूको अर्को पुस्ताको निर्माणको लागि स्पष्ट रूपमा टीएसएमसी तिर फर्किरहेका छन्। यी चिपहरू टीएसएमसीको उन्नत ३ एनएम प्रक्रियामा आधारित हुने उल्लेख गरिएको छ।

सुरुवातमा क्वालकमले सामसङ र टीएसएमसी दुबैबाट ३ एनएम चिपहरू प्राप्त गर्ने अफवाह रहेको थियो। यी फाउन्ड्रीहरू क्वालकम स्न्यापड्रागन ८ जेन ४ एसओसीको लागि प्रयोग गरिने थियो।

तर अब, चाइना टाइम्सको नयाँ रिपोर्टले दाबी गरेअनुसार चिप जायन्टहरू मिडियाटेक र क्वालकम आफ्नो दोस्रो जेनरेशन ३ एनएम प्रोसेस (एन३ई) को लागि टीएसएमसीतर्फ फर्किरहेका छन्। साथै यसलाई डाइमेन्सिटी ९४०० र स्न्यापड्रागन ८ जेन ४ बनाउन प्रयोग गरिने थप उल्लेख गरिएको छ।

त्यसैगरी टीएसएमसीको अर्को प्रमुख ग्राहक रहेको एप्पलको आफ्नो अर्को जेन एम सिरिज र ए सिरिज चिपसेटहरूको लागि यसको ३ एनएम प्रोसेस लाइन भएको उल्लेख छ। अहिलेसम्म, कम्पनीले आफ्नो ए१७ प्रो प्रोसेसरको लागि टीएसएमसीको पहिलो जेन ३एनएम प्रोसेस (एन३बी) मा निर्भर रहेको र जसले आईफोन १५ प्रो सिरिजलाई शक्ति दिने जनाइएको छ।

त्यसैगरी रिपोर्टमा, सामसङ फाउन्ड्रीले यसको ३ एनएम चिप फ्याब्रिकेसन टेक्नोलोजी (निर्माण प्रविधि) को लागि अझै पनि प्रमुख ग्राहकहरू प्राप्त गर्न नसकेको बताईएको छ।

सामान्यतया, क्वालकम, मिडियाटेक, एप्पल र एनभिडिया जस्ता ब्रान्डहरूले आफ्नो चिपसेट बनाउनका लागि सामसङ फाउन्ड्रीसँग अर्डर गर्ने गरेका छन्।

दक्षिण कोरियाली कम्पनीले उन्नत ३एनएम प्रोसेस टेक (प्रविधि) प्रस्ताव गर्न थालेदेखि कम्पनीले केही ब्रान्डहरूले आफ्नो फाउन्ड्रीसँग अर्डर गर्ने आशा राखेको थियो। तर यो सिफ्टका लागि अपेक्षा गरिएको भन्दा बढी समय लाग्नसक्ने उल्लेख गरिएको छ।

प्रकाशित: ९ मंसिर २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार