नोकिया तेस्रो त्रैमासिकमा फिचर फोन बजारको शीर्ष स्थानमा

  • Technology Khabar | ८ मंसिर २०८०, शुक्रबार
नोकिया तेस्रो त्रैमासिकमा फिचर फोन बजारको शीर्ष स्थानमा

काठमाडौं ।

नोकिया फोनहरू निर्माण गर्ने कम्पनी एचएमडी ग्लोबलले फिचर फोन बजारमा सन् २०२३ को तेस्रो त्रैमासिकको लागि शीर्ष स्थान सुरक्षित गरेको आईडीसीको पछिल्लो विश्लेषणले जनाएको छ।

यद्यपी निर्माता वा विश्लेषक कम्पनी दुबैले भने विस्तृत ब्रेकडाउनको बारेमा साझा नगरेतापनि एचएमडीले मूल्यको आधारमा ३०.७ प्रतिशत र भोल्युमको आधारमा २२.४ प्रतिशत बजार हिस्सा अघिल्लो तीन–महिनाको अवधिको तुलनामा वृद्धिको साथ होल्ड गरेको छ।

नोकियाको सफलतामा चार मुख्य कारकहरूले योगदान गरेको एचएमडीले बताएको उल्लेख छ। त्यसमध्येको पहिलो कारकको रुपमा रहेको यूपीआई (युनिफाइड पेमेन्ट इन्टरफेस) एन्टिग्रेसनसहितको फिचर फोनहरूले कार्यक्षमता बढाएको छ र सुरक्षित डिजिटल लेनदेनहरू सक्षम पारेको उल्लेख छ।

त्यसैगरी कम्पनीले नयाँ डिजाइन र जीवन्त रङ्गहरुका साथमा आफ्ना हिरो माडलहरूलाई पनि रिफ्रेस गरेको थप उल्लेख छ। उक्त सूचीमा नोकिया १०५ (२०२२), नोकिया ११०, नोकिया ११० फोरजी, नोकिया एक्सप्रेस अडियो र नोकिया २६६० फ्लिप समावेश रहेका छन्।

कम्पनीले यी उपलब्धिहरू निर्माण गर्दै फिचर फोन बजारमा आफ्नो अग्रणी स्थान कायम राख्ने योजना बनाएको छ भनी एचएमडी ग्लोबलका एक प्रवक्ताले बताएको जीएसएमएरिनामा उल्लेख गरिएको छ।

प्रकाशित: ८ मंसिर २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार