भीपीएन र डीएनएसको प्रयोगले आर्थिक दुरुपयोगका घटना बढ्योः साइबर ब्यूरो

Technology Khabar ५ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

भीपीएन र डीएनएसको प्रयोगले आर्थिक दुरुपयोगका घटना बढेको नेपाल प्रहरीको साइबर ब्यूरोले बताएको छ।

सरकारले गत कार्तिक २७ गते टिकटक बन्द गरेसँगै एप चलाउन भीपीएन र डीएनएस जस्ता असुरक्षित अवैध माध्यमको प्रयोग बढेको उपनिर्देशक एवं प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘पूर्ण रुपमा प्रसारणमा बन्देज लगाएको समामाजिक सञ्जाल टिकटक, भीपीएन र डीएनएस जस्ता असुरक्षित अवैध माध्यबाट सञ्चालनमा छ भन्ने सूचना प्राप्त हुन आएको,’ विज्ञप्तिमा लेखिएको छ।

भीपीएन र डीएनएस प्रयोगले गर्दा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरुमा समेत पहुँच पुर्याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाका दृष्टिकोणले समेत बढिरहेको ब्यूरोले पाएको छ।

गैरकानुनी कुरा संप्रेषण गर्ने, चरित्रहत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खलबल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायत दुष्प्रभाव सिर्जना गर्ने गतिविधिहरु टिकटकको माध्यमबाट हुने ब्यूरोले जनाएको छ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया