एमजीको सस्तो इलेक्ट्रिक स्पोर्ट्स कार लन्च

Technology Khabar ५ मंसिर २०८०, मंगलवार

काठमाडौं ।

एमजी मोटर्सले चीनमा किफायती इलेक्ट्रिक स्पोर्ट्स कार लन्च गरेको छ। विश्वव्यापी रुपमा एमजी मोटर्सको स्पोर्ट्स सेगमेन्टमा यो ठूलो एन्ट्री हो। एमजीको किफायती इलेक्ट्रिक कारको नाम एमजी साइबरस्टर रहेको छ।

एमजी साइबरस्टर तीन भेरियन्टमा उपलब्ध छ। यसमा ग्लेमर एडिशन आरडब्ल्यूडी ५०१, स्टाइल एडिशन आरडब्ल्यूडी ५८० र पायोनियर एडिसन एडब्ल्यूडी ५२० रहेको छ। एमजी साइबरस्टरमा ७७ किलोवाटको ब्याट्री दिइएको छ।

यस ब्याट्रीले. ५३६ बीएचपीको डुवल मोटर सेटअपमा ७२५ एनएम टर्क उत्पादन गर्छ। सुपर स्पोर्ट्स कारले ३.२ सेकेन्डमा १०० किलोमिटरको गति लिन सक्षम छ।

ग्लेमर एडिशन आरडब्ल्यूडी ५०१ भेरियन्टमा ६४ किलोवाट आवरको ब्याट्री दिइएको छ। सिंगल मोटरका साथ ३१० बीएचपी पावर र ४७५ एनएम टर्क उत्पादन गर्छ। फुल चार्जमा ५०१ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ।

स्टाइल एडिशन आरडब्ल्यूडी ५८० भेरियन्टमा ७७ किलोवाट आवरको ब्याट्री दिइएको छ। यो सिंगल मोटर आरडब्ल्यूडी सेटअपमा उपलब्ध छ। यो भेरियन्टले ४.९ सेकेन्डमा १०० किलोमिटरको गति लिन सक्छ।

पायोनियर एडिशन आरडब्ल्यूडी ५२० भेरियन्टमा ७७ किलोवाट आवरको ब्याट्री दिइएको छ। तर यस मोडलमा दुई मोटर दिइएको छ। जसले ५३६ बीएचपी पवार र ७२५ एनएम टर्क उत्पादन गर्छ। फुल चार्जमा ५०२ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरिएको छ। कारले ३.२ सेकेन्डमा १०० किलोमिटरको गति प्रदान गर्छ।

एमजी साइबरस्टर ग्लेमर एडिशन आरडब्ल्यूडी ५०१ को मूल्य ३ लाख १९ हजार ९०० चिनियाँ युआन तोकिएको छ। स्टाइल एडिशन आरडब्ल्यूडी ५८० को मूल्य ३ लाख ३९ हजार ८०० चिनियाँ युआन र पायोनियर एडिशन आरडब्ल्यूडी ५२० को मूल्य ३ लाख १५ हजार ८०० चिनियाँ युआन तोकिएको छ।

प्रकाशित: ५ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया