एआईमार्फत न्यूरल नेटवर्कले १० हजार गुणा छिटो ठूला आइसबर्गलाई म्याप गर्न सक्ने

  • Technology Khabar | २५ कार्तिक २०८०, शनिबार
एआईमार्फत न्यूरल नेटवर्कले १० हजार गुणा छिटो ठूला आइसबर्गलाई म्याप गर्न सक्ने

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले वैज्ञानिकहरूलाई महासागरहरूमा पानी कति पग्लिएर गइरहेको छ भनेर राम्रोसँग ट्र्याक गर्न मद्दत गर्न सक्ने भएको छ। युनिभर्सिटी अफ लीड्सका अनुसन्धानकर्ताहरूले एउटा न्यूरल नेटवर्कको अनावरण गरेको र उनीहरूले ०.०१ सेकेन्डमा ठूलो आइसबर्गको रूपरेखा म्याप बनाउन सक्ने दाबी गरेका छन्।

वैज्ञानिकहरूले ठूला आइसबर्गहरूको स्थानहरूलाई म्यानुअल रूपमा ट्र्याक गर्न सक्षम हुने जनाइएको छ। साथै, यो अध्ययनमा समावेश गरिएको एउटा आइसबर्ग सिंगापुरको आकार जत्तिकै भएको र यो एक दशक अघि अन्टार्कटिकाबाट टुटेको उल्लेख गरिएको छ।

यद्यपी, एआईले आइसबर्गको एरिया (क्षेत्र) र थिकनेस (मोटाई) मा भएका परिवर्तनहरू म्यानुअल रूपमा ट्र्याक गर्न सम्भव नहुने वा तिनीहरूले समुद्रमा कति पानी र पोषक तत्वहरू छोड्दैछन् भन्ने बारेमा पनि ट्र्याक गर्न सम्भव नभएको युरोपियन स्पेस एजेन्सीले जनाएको छ।

“जायन्ट (विशाल) आइसबर्गहरू अन्टार्कटिक वातावरणको महत्त्वपूर्ण कम्पोनेन्ट हुन्” एनी ब्राकम्यान–फोल्गम्यान (न्यूरल नेटवर्कमा लेखका प्रमुख लेखक) ले बताइन्, “तिनीहरूले महासागरको भौतिक विज्ञान, रसायन विज्ञान, जीवविज्ञान र निस्सन्देह रुपमा म्यारीटाईम (सामुद्रिक) कार्यहरूमा प्रभाव पार्छन्। त्यस कारणले गर्दा आइसबर्गहरूले समुद्रमा पग्लेर कति पानी छोड्छन् भनेर मापन गर्नका लागि आइसबर्गहरू पत्ता लगाउन र तिनीहरूको हदसम्म निगरानी गर्न महत्त्वपूर्ण छ।”

अहिलेसम्म, अटोमेटेड अप्रोचहरु भन्दा म्यानुअल म्यापिङ बढी सही साबित भएको उल्लेख गरिएको छ। यद्यपी यसले मानव विश्लेषकलाई सिङ्गल (एक) आइसबर्ग आउटलाइन (रूपरेखा) बनाउन धेरै मिनेट लाग्न सक्ने जनाइएको छ। साथै धेरै आइसबर्गहरूको सन्दर्भमा यो द्रूतरूपमा समय र श्रम–गहन प्रक्रिया बन्न सक्ने उल्लेख गरिएको छ।

अन्वेषकहरूले ईएसएको कोपर्निकस सेन्टिनेल–१ अर्थ मोनटिरिङ्ग स्याटेलाइट्स (पृथ्वी–निगरानी भूउपग्रहहरू) द्वारा खिचिएको इमेजरी प्रयोग गरेर यू–नेट भनिने एल्गोरिदमलाई तालिम दिएको जनाइएको छ। एल्गोरिदम सात आइसबर्गहरूमा परीक्षण गरिएको र सबैभन्दा सानोको क्षेत्रफल लगभग बर्न, स्विट्जरल्याण्ड जत्तिकै रहेको थियो भने सबैभन्दा ठूलोको लगभग हङकङको क्षेत्रफल बराबर थियो।

त्यस्का साथै, ९९ प्रतिशत सटीकताको साथ नयाँ मोडलले अटोमेसनमा अघिल्लो प्रयासहरू पार गर्ने बताइएको छ, जसले प्रायः आइसबर्ग र समुद्री बरफ र अन्य फिचर्स बीचको भिन्नता बताउन संघर्ष गर्ने गरेको जनाइएको छ। त्यसैगरी यो आइसबर्ग म्यापिङमा मानिस भन्दा १०,००० गुणा छिटो भएको उल्लेख गरिएको छ।

“विस्तारित गति र सटीकताको साथ स्वचालित रूपमा आइसबर्ग एक्सटेन्ट म्यापिङ गर्न सक्षम हुनुले हामीलाई धेरै विशाल आइसबर्गहरूका लागि आइसबर्ग क्षेत्रका सजिलैसँग परिवर्तनहरू अवलोकन गर्न सक्षम बनाउँछ र परिचालन एप्लिकेसनको लागि बाटो बनाउँछ,” डा. ब्राकम्यान–फोल्गम्यानले बताएको इनग्याजेटको रिपोर्टमा उल्लेख गरिएको छ।

प्रकाशित: २५ कार्तिक २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...