स्प्यारो एसएमएसले ल्यायो ‘रंगोली बनाउँ-अर्जित सिंहको कन्सर्ट हेर्न जाउँ’ अफर

  • Technology Khabar | २२ कार्तिक २०८०, बुधबार
स्प्यारो एसएमएसले ल्यायो ‘रंगोली बनाउँ-अर्जित सिंहको कन्सर्ट हेर्न जाउँ’ अफर

काठमाडौं ।

नेपालको बल्क एसएमएस सेवा प्रदायक कम्पनी स्प्यारो एसएमएसले खल्ती डिजिटल वालेटसँगको सहकार्यमा यसपालीको तिहार आफ्नो ग्राहक तथा अन्य व्यवसायसँग मनाउन तिहार विशेष रंगोली मेकिंग प्रतियोगिता आयोजना गरेको छ।

नेपालीहरुको महान चाड तिहारमा घर तथा कार्यलयमा विशेष रंगोली बनाउने चलन रहि आएको ले यस प्रतियोगिता मा भाग लिनको लागि कुनै व्यवसाय तथा संस्था ले आफ्नो कार्यलयमा तिहार विशेषमा बनाईने उक्त रंगोलीलाई फेसबूक, इन्स्टाग्राम, लिंक्डइन, टिकटक जस्ता समजिक सन्जाल मा #sparrowsms #sparrowrangoli ह्यासट्याग अनिवार्य प्रयोग गरी पोस्ट तथा शेयर गर्नुपर्ने हुन्छ।

नोभेम्बर १५ सम्म पोस्ट गरिएका रंगोलीहरुलाई रचनात्मक, कलात्मक र धेरै भन्दा धेरै शेयर गरेको आधारमा सहभागी मध्ये एक समुहलाई बिजेता घोषणा गरिने बताईएको छ।

बिजेता समुहले नोभेम्बर २५ मा काठमाण्डौंमा हुन लागेको भारत को लोकप्रिय गायक अरिजित सिंहको सांगितिक कन्सर्टको ४ ओटा पास पाउने कम्पनीले जनाएको छ।

यस प्रतियोगीतामा व्यत्तिगत रुपमा भने सहभागी हुन पाइने छैन सहभागी हुन कुनै कार्यालयमा आवद्ध हुनैपर्ने र रंगोली पनि कार्यलयमै समूहमा बनाएको हुनुपर्ने नियम राखिएको छ। एकै कार्यालयको विभिन्न समूह, विभाग, शाखाले भिन्न रंगोली बनाएर भने सहभागी हुन पाउने बताईएको छ।

प्रकाशित: २२ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार