उत्कृष्ट ५ स्टार्टअप, प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ को घोषणा

Technology Khabar १५ कार्तिक २०८०, बुधबार

काठमाडौं ।

आइसिटी अवार्ड कार्यक्रम अन्तर्गत यस वर्षको लागि विभिन्न ३ विधामा उत्कृष्ट ५ को सार्वजनिक गरिएको छ। स्टार्टअप आइसिटी अवार्ड २०२३, प्रडक्ट आइसिटी अवार्ड २०२३ र राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ विधामा १४ जना जुरी सदस्यहरुको छनोटको आधारमा आज उत्कृष्ट ५ को घोषणा गरिएको हो।

उत्कृष्ट ५ मा पर्ने स्टार्टअपहरुमा भोजमाण्डु फुड प्रा.लि, दियो एआई टेक्नोलोजी प्रा.लि, जीजी कर्पोरेसन प्रा.लि, रासन टेक्नोलोजिज प्रा.लि र यार्सा टेक प्रा.लि रहेका छन्।

यसैगरी प्रडक्ट आइसिटी अवार्ड अन्तर्गत उत्कृष्ट ५ प्रडक्टहरुमा डिजी बज, फास्ट बैंकिङ, मनि मित्र, क्युकआरपिए र यात्री पी-१ रहेका छन। राइजिङ स्टार इन्नोभेसन विधा अन्तर्गत उत्कृष्ट ५ मा पर्न सफल इन्नोभेसनहरुमा ब्लाङ्सेर, ड्रेसन, दृश्य, इन्टर्नसाथी र प्रष्ट नेपाली रहेका आयोजकले जानकारी दिएको छ।

आइसिटी अवार्ड २०२३ का यि ३ विधाहरुमा २०० बढिको नोमिनेसन प्राप्त भएको थियो।

विभिन्न ३ विधामा छनोट भएका उत्कृष्ट पाँचहरुले केहि समय पश्चात सञ्चालन हुने पब्लिक भोटिङमा सहभागी हुनेछन।

आयोजककाअनुसार आइसिटी अवार्ड २०२३ अन्तर्गत अन्य व्यत्तिगत र सस्थागत अवार्ड विधाहरुमा पनि छनौट प्रकृया जारी रहेको छ। प्रोफेसनल एक्सिलेन्स, पायोनियर, आन्टरप्रेनर्स, वुमन आइकन र नेपाली डायस्पोरा आइसिटी अवार्डका विधाहरुमा दोश्रो चरणको छनौट प्रकृया सञ्चालनमा छ। त्यस्तै, डिजिटल एजुकेसन, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस विधामा पहिलो चरणको छनोट प्रकृया सञ्चालन भइरहेको छ।

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड विधामा नोमिनेसन अवधि समाप्त भएर स्क्रिनिङ भइरहेको आयोजकले जानकारी दिएको छ। साउथ एसिया स्टार्टअप अवार्डमा विभिन्न ६ देशबाट ६० बढिको नोमिनेसन प्राप्त भएको  आयोजकले उल्लेख गरेको छ।

यस वर्ष आठौँ सस्करण अन्तगर्तको आइसिटी अवार्डमा १३ विधामा ५५० बढिको अनलाइन नोमिनेसन प्राप्त भएको छ। छनोटको लागि १४ जना बिज्ञ जुरी सदस्यहरु रहेका छन भने १३ जनाको शिशिष्ट सल्लाहकार समिती रहको जनाएको छ।

प्रकाशित: १५ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया