सामसङ ग्यालेक्सी ट्याब ए९प्लस दक्षिण कोरियामा सार्वजनिक

Technology Khabar १५ कार्तिक २०८०, बुधबार

काठमाडौं ।

सामसङले गत महिनाको सुरुवातमा प्रस्तुत गरेको सामसङ ग्यालेक्सी ट्याब ए९प्लस आज (बुधबार) दक्षिण कोरियामा सार्वजनिक गरेको छ। सामसङ ग्यालेक्सी ट्याब ए९प्लस ४ जीबी र्याम र ६४ जीबी स्टोरेजमा ग्राफाइट र सिल्भर कलरमा उपलब्ध छ। सिल्भर कलर सामसङ आधिकारिक वेबसाइटमा विशेष रुपमा मात्र उपलब्ध छ।

सामसङ ग्यालेक्सी ट्याब ए९प्लसको वाईफाई मात्र मोडलको मूल्य २७० अमेरिकी डलर फाइभजी भर्सनको मूल्य ३१० अमेरिकी डलर तोकिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

सामसङ ग्यालेक्सी ट्याब ए९प्लसमा स्न्यापड्रागन ६९५ चिपसेट र वान यूआई ५.१ आधारित एन्ड्रोइड १३ मार्फत सञ्चालन हुन्छ। डिभाइसमा रहेको ११ इन्च एलसीडी े डिस्प्ले ९० हर्जमा १९२० वाई १२०० पिक्सेल रिजोल्यूसन प्रदान गर्छ।

ट्याबलेमा रहेको माइक्रोएसडी कार्ड स्लटबाट स्टोरेज १ टीबीसम्म विस्तार गर्न सक्छि। डिभाइसमा ८ मेगापिक्सेलको प्राइमरी र ५ मेगापिक्सेलको सेल्फी क्यामरा छ। यसमा डल्बी एटमस सपोर्टका साथ चार स्पिकर र ३.५ एमएम हेडफोन ज्याक पनि छ।

७०४० एमएएच ब्याट्रीलाई यूएसबी सी पोर्ट मार्फत १५ वाटसम्मको पावर दिन सकिन्छ।

प्रकाशित: १५ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया