ताजा समाचार

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामरा’ जडान

पर्यटकीय क्षेत्र सुकेटारमा ‘सिसी क्यामरा’ जडान
Global IME Bank

ताप्लेजुङको फुङ्लिङ नगरपालिका–६ स्थित पर्यटकीय क्षेत्र सुकेटार बजारमा सिसी क्यामराबाट निगरानी गरिने भएको छ।

सुकेटार क्षेत्रको शान्तिसुरक्षा समेतलाई दृष्टिगत गरी सिसी क्यामेरा जडान गरिएसँगै सिसी क्यामराबाट निगरानी हुन थालेको हो।

फुङ्लिङ–६ को आर्थिक लगानीमा सुकेटार क्षेत्रमा पाँच सिसी क्यामरा जडान गरिएको वडाध्यक्ष मदन गुरुङले जानकारी दिए। उनका अनुसार सुकेटार विमानस्थल र बजारक्षेत्रलाई निगरानी गर्न सिसी क्यामरा जडान गरिएको छ। आवश्यकताअनुसार सिसी क्यामरा थप गर्ने योजना रहेको उनको भनाइ छ।

यस्तै, सुकेटारमा फोहरमैला बिसर्जन गर्न ३० डस्टविन (फोहर दानी) राखिएको पनि वडा कार्यालयले जनाएको छ। प्रायः आन्तरिक पर्यटकको चहलपहल भइरहने सुकेटार क्षेत्रमा पर्यटकीय मौसममा भने आन्तरिक तथा विदेशी पर्यटकको आगमनले निकै भीड हुने गरेको छ। रासस

Sajilo Visa
easy care