“आइएमई पेले” ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

  • Technology Khabar | १५ आश्विन २०८०, सोमबार
“आइएमई पेले” ल्यायो आकर्षक क्यासब्याक तथा बम्पर उपहार

काठमाडौं ।

डिजिटल वालेट  ‘आइएमई पेले ले आउँदै गरेको  राष्ट्रिय चाड दशैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘आइएमई पे डिजिटल दशैं तिहार’ अभियान सार्वजनिक गरेको छ।

असोज १४ गते  देखी शुरु भई मङ्सिर ३ गतेसम्म चल्ने ५० दिनको उक्त अभियान अन्तर्गत हरेक दिन ५० जना भाग्यशाली सेवाग्राहीहरुले बिभिन्न कारोबारको लागि क्यासब्याकको  प्रोमो कोड प्राप्त  गर्न सक्नेछन् त्यस्तै हरेक हप्ता १ जना भाग्यशाली सेवाग्राहीले अल्टिमा लाइफस्टाईलको गिफ्ट ह्यम्पर पनि प्राप्त गर्नेछन्।

यस्तै अन्त्यमा ८ जना भाग्यशाली विजेताले रु ५०,००० बराबरको शपिङ गिफ्ट ह्यम्पर प्राप्त गर्न सक्ने जनाएको छ।

यस संगै आइएमई पे मार्फत रेमिटेन्स प्राप्त गर्दा हरेक महिना १ जनाले १ लाख रुपैया प्राप्त गर्ने र बम्परमा १ करोड प्राप्त गर्ने डबल मौका रहको आइएमई पेका सीइओ प्रविन रेग्मीले बताए।

प्रकाशित: १५ आश्विन २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार