एप्लिकेसन

तीजको अवसरमा नेपाल टेलिकमको टिकटक च्यालेन्ज सञ्चालनमा, विजेताले ४० हजार पाउने

तीजको अवसरमा नेपाल टेलिकमको टिकटक च्यालेन्ज सञ्चालनमा, विजेताले ४० हजार पाउने
Global IME Bank

नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ। नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज भदौ २४ देखि सुरु भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने छ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ। यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने छन्।

त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५०० रुपैयाँको टप अप प्रदान गरिने छ।

नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो। यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने टेलिकमको अपेक्षा छ।

Sajilo Visa
easy care