Technology Khabar २५ भाद्र २०८०, सोमबार
काठमाडौं ।
मेलौली नगरपालिकाले सामाजिक सञ्जाल (फेसबुक) सम्बन्धी नगरस्तरीय वादविवाद प्रतियोगिता आयोजना गर्ने भएको छ। उक्त प्रतियोगितामा पुरस्कारको व्यवस्था गरिएको छ।
भदौ २९ गते नगर सभा हलमा “सामाजिक सञ्जाल अभिसाप कि वरदान ?’ भन्ने विषयमा बादबिबाद प्रतियोगिता हुने भएको हो। सामाजिक सञ्जाल फेसबुकको बढ्दो प्रयोगसँगै दुरुपयोगका घटना बढ्न थालेपछि नगरपालिकाले बाल दिवसमा बादविवाद प्रतियोगिता गर्न लागेको बताइएको छ।
प्रतियोगितामा प्रत्येक माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका एक एक जना छात्रछात्रा सहभागी हुन पाउने छन्। प्रतियोगितामा सहभागी हुने विद्यालयले एक/एक जना छात्र/छात्रा र एक/एक शिक्षकको नाम उल्लेख गरी भदौ २८ गतेसम्म नगरपालिकामा निवेदन दर्ता गराइसक्नुपर्ने सूचना जारी गरेको छ।
सो प्रतियोगितामा प्रथम हुनेलाई १० हजार रुपियाँसहित र प्रमाणपत्र, द्वितीय हुनेलाई सात हजार ५५० सहित प्रमाणपत्र, तृतीय हुनेलाई पाँच हजारसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई दुई हजार रुपियाँ सहित प्रमाणपत्र प्रदान गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत सपना कार्कीले जानकारी दिईन्। गोरखापत्रबाट
प्रकाशित: २५ भाद्र २०८०, सोमबार