टोयोटाको हाइड्रोजन फ्युल टेकको नयाँ हाइलक्स प्रोटोटाइप प्रस्तुत

  • Technology Khabar | २१ भाद्र २०८०, बिहीबार
टोयोटाको हाइड्रोजन फ्युल टेकको नयाँ हाइलक्स प्रोटोटाइप प्रस्तुत

काठमाडौं ।

टोयोटाले इङ्गल्याण्डको डर्बी स्थित बर्नास्टन प्लान्टमा एसेम्बल्ड गरिएको आफ्नो पहिलो हाइलक्स हाइड्रोजन फ्युल सेल प्रोटोटाइप प्रस्तुत गरेको छ। छ। सो कदमले ग्रीन भेहिकल्सको ल्यान्डस्केपलाई रिसेप गर्न (पुनः आकार दिन) सक्ने भनी उल्लेख गरिएको छ। यस पहललाई बेलायत सरकारले समर्थन गरेको र कन्सोर्टियमसँगको साझेदारीले वर्षको अन्त्यसम्ममा १० ओटा यस्ता भेहिकल्सहरु निमार्ण गर्ने लक्ष्य राखेको जनाइएको छ।

टोयोटाले फ्युचर एप्लिकेसन्सका लागि फ्युल सेल्स (इन्धन कक्षहरू) मा कडा परीक्षणहरू गर्ने योजना बनाएको छ

आफ्नो सिब्लिङ (दाजुभाइ) टोयोटा मिराईबाट टेक्नोलोजी (प्रविधि) उधारो लिएको यो हाइलक्स भर्सनले हाइड्रोजन रिफिल्सहरू बीच ३६५ माइलको इम्प्रेसिभ रेञ्ज (प्रभावशाली दायरा) लाई समेटेको उल्लेख छ। साथै हाइलक्स प्रोटोटाइपको सो रेञ्ज (दायरा) लाई सन्दर्भमा राखेर हेर्दा अष्ट्रेलियामा उपलब्ध भएको ट्रेडिस्नल डिजेल इन्जिन भर्सनले स्टपहरू बीच ७१५ माइल यात्रा गर्ने जनाइएको छ। यसैगरी यस नयाँ मोडलको महत्त्व माइलेजमा मात्र सिमित नभएर हाइड्रोजन फ्युल एउटा टिकाउ र भरपर्दो विकल्प हुनसक्छ भनी देखाउनमा निहित भएको उल्लेख छ।

यस नयाँ मोडलमा रहेको हाइड्रोजन ट्याङ्कहरूलाई रणनीतिक धङ्गले गरिएको प्लेसमेन्टले यसलाई अन्य मोडहरु भन्दा भिन्न बनाएको जनाइएको छ। सामान्यतया केबिन रहने फ्रेम रेल्सको बीचमा सफा तवरले हाइड्रोजन ट्याङ्कहरूलाई फिट गरिएको उल्लेख छ। त्यसैगरी ब्याट्रीलाई पछाडिको भागमा राखिएको र बाँकी फ्युल सेल गिज्मोसलाई सामान्यतया कम्बसन इन्जिनहरूको लागि आरक्षित हुड मुनिको ठाउमा समावेशगरिएको उल्लेख छ।

यो परियोजना सन् २०२२ को प्रारम्भमा फिजीबिटिी स्टडी (सम्भाव्यता अध्ययन) को रूपमा सुरु गरिएको थियो भने सन् २०२३ सम्ममा पहिलो प्रोटोटाइपको जन्म भएको जनाइएको छ। हाइलक्सको टफनेसको विरासतलाई स्वीकार गर्दै, टोयोटाले उक्त १० प्रोटोटाइपहरूको सुरक्षा, कार्यक्षमता र स्थायित्वमा ध्यान केन्द्रित गर्दै कठोर परीक्षणहरूको योजना बनाएको जनाइएको छ।

टोयोटाको फ्युल–सेल टेकमा अन्य अन्वेषणहरूको केही समय पश्चात यो भेन्चर आएको उल्लेख छ। गत डिसेम्बरमा, इलेक्ट्रिक हाइलक्स रेभो बीईभी कन्सेप्ट (अवधारणा)लाई बिना धेरै विवरणका साथ अनावरण गरिएको थियो। यद्यपी ब्याट्री इलेक्ट्रिक भेहिकल्स (बीईभी) कार्बन न्यूट्र्यालिटी (तटस्थता) को एकमात्र मार्ग होइन भन्ने स्पष्ट सन्देशको साथ अनावरण गरिएको थियो। त्यसैगरी कम्पनीले इसुजु र हिनोसँग लाइट–ड्युटी पिकअप फ्युल सेल प्रोजेक्टमा संकेत गरेको र सम्भावित हाइड्रोजन–संचालित ल्यान्ड क्रूजरको लागि ढोका पनि खुला छोडेको उल्लेख गरिएको छ। साथै यो कदमले ग्रीनर फ्युचरको यात्रा वान–वे स्ट्रिट (एकतर्फी सडक) होइन भन्ने टोयोटाको विश्वाससँग मेल खाएको भनी गीज्मोचाइनामा उल्लेख गरिएको छ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार