अगस्टमा भोल्भोको इलेक्ट्रिक कार ५० हजार युनिटभन्दा धेरै बिक्यो

  • Technology Khabar | २० भाद्र २०८०, बुधबार
अगस्टमा भोल्भोको इलेक्ट्रिक कार ५० हजार युनिटभन्दा धेरै बिक्यो

काठमाडौं ।

भोल्भोको इलेक्ट्रिक कार बिक्री अगस्टमा ५० हजार युनिटभन्दा बढी पुगेको छ। यस वर्ष ब्रान्डले २ लाख ५० हजार भन्दा बढी विद्युतीय कारहरू बिक्री गर्ने कोसेढुङ्गामा पुग्ने बाटोमा रहेको बताइएको छ।

ब्याट्री इलेक्ट्रिक भेहिकल (बीइभीएस) ले वर्ष-दर-वर्ष ठूलो १६७ प्रतिशत वृद्धि रेकर्ड गरेको जबकि प्लग-इन हाइब्रिड इलेक्ट्रिक भेहिकल (पीएचइभीएस) ले पनि ४६ प्रतिशतको आशाजनक वृद्धि देखेको उ छ। हालसम्म, यस वर्षको बिक्री डाटाले बीइभी र पीएचइभीले कुल बिक्रीको क्रमशः १६ प्रतिशत र २२.५ प्रतिशत बनाउँने देखाएको छ।

क्षेत्रीय रूपमा, युरोप कुल प्लग-इन बिक्रीको ६० प्रतिशत बनाउँदै भोल्भोको इलेक्ट्रिक कार बिक्रीको लागि केन्द्र बन्न जारी रहेको बताइएको छ। अमेरिकाले प्लग-इन बिक्रीमा ९४ प्रतिशत वृद्धिको साथ द्रुत गतिमा अघि बढेको  तर चीनले प्लग-इन इलेक्ट्रिक कार बिक्रीमा १६ प्रतिशत कमी देखाएको उल्लेख छ ।

२०३० सम्ममा १०० प्रतिशत ब्याट्री इलेक्ट्रिक भेहिकल (बीइभी) सेयर गर्ने लक्ष्य राख्दै भोल्भोको इलेक्ट्रिक लाइन-अप छिट्टै भोल्भो एक्स ९० , भोल्भो एक्स ३० , तथा भर्खरै घोषणा गरिएको भोल्भो इएम ९० जस्ता नयाँ एडिसनसँग विस्तार हुने बताइएको छ।

प्रकाशित: २० भाद्र २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार