क्यानडा पठाई दिने भनेर अनलाइन मार्फत ठगी गर्ने व्यक्तिहरु पक्राउ

Technology Khabar १९ भाद्र २०८०, मंगलवार

काठमाडौं ।

सामाजिक सञ्जालमार्फत क्यानडामा आकर्षक रोजगारीको अवसर देखाएर गठी गरेको आरोपमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–६ का ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरीको राजविराज नगरपालिका ४ का ३० वर्षीय महावीरप्रसाद साह छन्।

उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली विज्ञापन पोष्ट गरी सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइने, मासिक ५ लाख ४५ हजार रूपैयाँ तलव हुन्छ, प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूका नामको खाताहरुमा पटक(पटक गरी जम्मा ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ रकम पठाउन लगाई ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए।

उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

प्रकाशित: १९ भाद्र २०८०, मंगलवार

तपाइको प्रतिक्रिया