Technology Khabar १९ भाद्र २०८०, मंगलवार
काठमाडौं ।
क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले एकजना युवकलाई पक्राउ गरेको छ। बाइनान्स (क्रिप्टो) को कारोबार गरेको आरोपमा सिन्धुपाल्चोक बलेफी घर भएका २७ वर्षीय पुरुषोत्तम कार्की पक्राउ परेका हुन्।
बूढानकिलण्ठ नगरपालिका स्थित पासिकोट बस्दै आएका कार्कीलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले बताए ।
प्रहरीका अनुसार उनले फेसबुक मेसेन्जरमा सेलर ग्रुममा आवद्ध भई बाइनान्स आईडी खोली क्रिप्टो खरिद बिक्रीका लागि डिल गरी विभिन्न व्यक्तिहरुको बाइनान्स आईमा ३ हजार ७२७ अमेरिकी डलर बराबरको रकम सोही बाइनान्स आईडीबाट विभिन्न व्यक्तिहरुको बैंक खाता लगायत वालेटहरुमा रकम ट्रान्सफर गरेका थिए। सोको गोप्य सूचनाका आधारमा प्रहरीले पक्राउ गरिएको रेग्मीले जानकारी दिए।
कार्कीलाई नेपाल राष्ट्र बैक ऐन, २०५८ अन्तर्गतको कुसरमा आवश्यक अनुसन्धान एवं कारबाही लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा पठाईएको छ।
प्रकाशित: १९ भाद्र २०८०, मंगलवार