पाँचै नेपाली टिम पीएमपीएल साउथ एशिया च्याम्पियनशिपको फाइलनमा, नेपाली टिम डीआरएस लिग च्याम्पियन

  • Technology Khabar | ११ भाद्र २०८०, सोमबार
पाँचै नेपाली टिम पीएमपीएल साउथ एशिया च्याम्पियनशिपको फाइलनमा, नेपाली टिम डीआरएस लिग च्याम्पियन

काठमाडौं ।

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एशिया च्याम्पियनशिप फल २०२३ को लिग नेपाली टिम डीआरएस गेमिङले जितेको छ।

२४ अगष्टदेखि २७ अगष्टसम्म आयोजना भएको पीएमपीएल साउथ एसिया च्याम्पियनशिप फल लिगमा उत्कृष्ट प्रदर्शन गर्दै डीआरएस च्याम्पियन भएको हो। डीआरएसले कुल १६ खेलमा १६४ प्वाइन्ट प्राप्त गर्दै लिग चरणमा आफूलाई अब्बल सावित गरेको हो। डीआरएसले ५ चिकेन डिनरसहित ७१ प्लेसमेन्ट र ९३ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेको थियो।

लिग चरणको दोस्रो स्थानमा पनि नेपाली टिम रअ इस्पोर्ट्स रहन सफल भएको छ। रअले १५१ प्वाइन्ट प्राप्त गर्दै दोस्रो भएको हो। रअले तीन चिकेन डिनर सहित ५० प्लेसमेन्ट र १०१ इलिमिनेसन प्वाइन्ट प्राप्त गरेको थियो।

बाँकी तीन नेपाली टिम मध्ये टी२के पाँचौं, लियो इस्पोर्ट्स ७ औं र स्काईलाइट गेमिङ १३ औं भएका छन्।

यस प्रतियोगिताको लिग चरणमा पुरस्कार राशीको व्यवस्था छैन। कुल डेढ लाख अमेरिकी डलरको पुरस्कार राशीको प्रतियोगिता जित्ने टिमले २६ हजार अमेरिकी डलर प्राप्त गर्नेछ।

प्रतियोगिताको लिग चरणमा २० टिमले सहभागिता जनाएका थिए। पीएमपीएल साउथ एशियाबाट ६ मंगोलियन टिम, ५ नेपाली टिम र एक बंगलादेशी टिम र पीएमपीएल पाकिस्तानबाट ८ टिमले प्रतिस्पर्धा गरेका थिए।

लिग चरणमा शीर्ष १६ भित्र पर्न सफल टिम फाइलनका लागि छनोट भएका छन्। फाइनल पुग्नबाट पाकिस्तानका ३ र बंगलादेशका एक टिम बञ्चित भएका छन्। लिग चरणबाट बाहिरिने टिमहरुले अंक तालिकाका आधारमा २ हजार, १ हजार ५०० र एक एक हजार अमेरिकी डलर प्राप्त गरेका छन्
फाइनल ३१ अगष्टदेखि ३ सेप्टेम्बरसम्म आयोजना हुनेछ।

४ दिनसम्म चल्ने फाइलनमा प्रत्येक दिन ६ खेल खेलिनेछ। २४ खेलपछि अंक तालिकाको शीर्ष ४ स्थानमा आउने टिम पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी)का लागि छनोट हुनेछन्। पीएमजीसीका लागि पाकिस्तान पीएमपीएलबाट आई८ र साउथ एशिया पीएमपीएलबाट स्लटलवार्ट इस्पोर्ट् छनोट भइसकेका छन्। यदि यी दुई टिम शीर्ष ४ भित्रमा आएमा उनीहरु भन्दा तल रहने टिम पीएमजीसीका लागि छनोट हुनेछन्।

अंक तालिका

प्रकाशित: ११ भाद्र २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Deepal Nevo Q05 launched in Nepal

  • ११ भाद्र २०८०, सोमबार

The new Box by Nammi is coming soon; launching at NADA 2026

  • ११ भाद्र २०८०, सोमबार

Fifth edition of ‘Digital Nepal Conclave 2026’ to be held this week

  • ११ भाद्र २०८०, सोमबार