काठमाडौं ।
आगामी सोनी ए७सी आईआई क्यामराको डिजाइनको बारेमा नयाँ जानकारी लीक भएको छ। सो क्यामराको विषयमा युट्युबर “फोटोग्राफी मोनोलग एलेक्स एनजी” ले खुलासा गरेको छन्।
सो क्यामराको अपेक्षित अनावरण मिति आगामी अगस्ट २९ रहेको छ।
सोनी ए७सी आईआई को लाइभ ईमेज लीक
रिपोर्टहरूका अनुसार सन् २०२० मा रिलिज भएको सोनी ए७सी (पूर्ववर्ती) को तुलनमा यस नयाँ सोनी ए७सी आईआई एक महत्त्वपूर्ण अपग्रेड हुने उल्लेख छ। नयाँ मोडलमा ए७ आईभीको ३३ मेगापिक्सेल सेन्सर, बियोन्ज एक्सआर प्रोसेसर र एआई प्रोसेसर फिचर गरिएको छ। टेक्नोलोजीको यस नयाँ कम्बिनेसनले ईमेज क्वालिटी (गुणस्तर) र समग्र प्रदर्शन बढाउने दाबी गरेको छ।
ए७सी आईआई ले ५–अक्ष्य इन–बडी स्टेबलाईजेसन (स्थिरीकरण), १०एफेपीएस कन्टिनियोस सुटिङ्ग र ४के ६०पी रेकर्डिङ्गलाई समर्थन गर्ने अपेक्षा छ। साथै उक्त फिचर्सहरू नयाँ सेन्सर र प्रोसेसर्ससँग मिलेर क्यामेरालाई प्रोफेश्नल फोटोग्राफर र गम्भीर शौखिनहरूका लागि शक्तिशाली उपकरण बन्ने उल्लेख गरिएको छ।
ए७सी आईआई सँगसँगै सोनीले ए७सी आर क्यामरा र १६–३५एमएम जीएम आईआई लेन्स पनि लन्च इभेन्टमा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यी उत्पादनहरूको विवरणको बारेमा अझै स्पष्टता नभएको तर तिनीहरू सम्भवतः सोनीको लाइनअपमा ए७सी आईआई को पूरक हुने उल्लेख छ।
तुलनात्मक रूपमा, पहिलो पुस्ताको सोनी ए७सी क्यामरामा २४.२ मिलियन प्रभावकारी पिक्सेल फुल–फ्रेम ब्याक–इलुमिनेटेड एक्समोर आर सीएमओएस ईमेज सेन्सर र बियोन्ज (बीआईओएनजेड) एक्स ईमेज प्रोसेसर रहेको छ। साथै सोनी ए७सी क्यामराको बडि डाईमेन्सन लगभग १२४.० एमएम ह ७१.१ एमएम ह ५९.७ एमएम र क्यामेराको तौल लगभग ५०९ ग्राम भएकाले अल्फा ६६०० भन्दा केही भारी भएको उललेख गरिएको छ।
सोनी ए७सी आईआईको नवीनतम फिचर्स र अपग्रेडहरूको साथमा आफ्नो पूर्ववर्ती भन्दा उल्लेखनिय रुपमा उन्नत हुने दाबी गरिएको छ।
प्रकाशित: २७ श्रावण २०८०, शनिबार