फेसबुकमा लेखेको आरोपमा पर्वतका युवाविरुद्ध पक्राउ पुर्जी

  • Technology Khabar | २४ श्रावण २०८०, बुधबार
फेसबुकमा लेखेको आरोपमा पर्वतका युवाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं ।

फेसबुक स्ट्याटस मार्फत गाली गलौज गरेको आरोपमा पर्वतका युवाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। पर्वतका पत्रकारहरूविरुद्ध फेसबुकमा लेखेको आरोपमा साइबर अपराधमा किटानी जाहेरी परेपछि फोटो पत्रकार तथा कालीगण्डकी बचाउ अभियानका अभियान्ता आरके अदिप्त गिरीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।

जिल्ला प्रहरी कार्यालय पर्वतले उनीविरुद्ध विद्युतीय कारोबार ऐनअनुसार पक्राउ पुर्जी जारी गरेको हो। उक्त आरोपले व्यक्तिगत जीवनमै असर गरेको भन्दै उनीविरुद्ध पत्रकार गणेश पौडेल, छविलाल तिवारी, सन्तोष थापालगायतले किटानी जाहेरी दिएका हुन्।

गिरीले पर्वतका पत्रकारहरुले फेसबुक स्ट्याटस मार्फत असभ्य तरिकाले आरोप लगाएका थिए।

प्रकाशित: २४ श्रावण २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘Lost In Mandala’: Nepal’s first animated feature film to reach audiences through Apple Entertainment

  • Technology Khabar
  • २४ श्रावण २०८०, बुधबार