राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गर्ने सरकारको निर्णय

  • Technology Khabar | २३ श्रावण २०८०, मंगलवार
राष्ट्रिय साइबर सुरक्षा नीति स्वीकृत गर्ने सरकारको निर्णय
फाइल तस्विर

काठमाडौं ।

सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले नीति स्वीकृत गरेको हो।

बैठकले राष्ट्रिय साइबर सुरक्षा नीति, २०८० स्वीकृत गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिईन्।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत भएको हो। नीतिले साइबर सुरक्षाको बारेमा नयाँ कानून बनाउने बाटो खोल्नेछ।

यस्तै  बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसद्मा पेश गर्न स्वीकृति दिने सरकारको निर्णय छ। सरकारले रु पाँच दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने भएको छ।

प्रकाशित: २३ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सामसङ ग्यालेक्सीएस२७ पहिलो पटक देखा पर्यो

  • Technology Khabar
  • २३ श्रावण २०८०, मंगलवार