
काठमाडौं ।
स्मार्टफोन र मेटबुक एक्स प्रो २०२३ जस्ता उत्कृष्ट ल्यापटपहरूका लागि परिचित रहेको कम्पनी ह्वावेले आफ्नो प्रोडक्ट (उत्पादन) लाइन र शाखालाई विभिन्न उद्योगहरूमा विस्तार गर्ने कार्यलाई जारी राखेको छ। जसअनुसार कम्पनीले अटोमोटिभ क्षेत्रमा लगानी गर्दै आएको र हालसालै, कम्पनीले आफ्नो पहिलो शुद्ध इलेक्ट्रिक स्पोर्ट्स सेडान घोषणा गरेको छ।
हारमोनीओएस ४ फिचर गरिएको उक्त भेहिकल (ह्वावे लक्सिड) इनोभेटिभ डिजाइनका साथ यसै त्रैमासिकमा रिलिज हुने गीज्मोचाइनामा रिपोर्ट गरिएको छ।
हारमोनीओएस ४ सहितको ह्वावेको पहिलो इलेक्ट्रिक स्पोर्ट्स सेडान
ह्वावेले आउँदो त्रैमासिकमा आफ्नो पहिलो शुद्ध इलेक्ट्रिक स्पोर्ट्स सेडान लन्च गर्ने तयारीमा रहेको छ। कम्पनीको अटोमोटिभ इन्डस्ट्रि प्लान अन्तर्गत विकास गरिएको नयाँ भेहिकल ह्वावेको हारमोनीओएस ४ अपरेटिङ सिस्टम फिचर गर्ने आफ्नो किसिमको पहिलो हुनेछ।
ह्वावेले जारी गरेको प्रमोशनल पोस्टरमा नयाँ कारलाई स्लिक, स्ट्रिमलाइन्ड डिजाइनको साथमा देख्न सकिनेछ।
भेहिकलको अगाडिको भागमा ठूलो, राउण्ड हेडलाइटहरू जडान गरिएको छ भने क्लोज्ड ग्रिल डिजाइन प्रयोग गर्दै त्यसमा “लक्सिड” अक्षरहरू छापिएको छ। साथै यो नयाँ भेहिकलको मोडलसँग सम्बन्धित हुनसक्ने अनुमान गरिएको छ। कारको साइडमा हिडन डोर ह्याण्डल्स (लुकेका ढोका ह्यान्डलहरू) रहेका छन् भने ब्ल्याक व्हील हबहरू रातो ब्रेक क्यालिपर्ससँग मेल खाने भएकाले स्पोर्टी एस्थेटिक प्रदान गर्ने उल्लेख छ।
त्यसैगरी कारको रुफमा समावेश गरिएको राडारले इन्टेलिजेन्ट ड्राइभिङको लागि आशाजनक सम्भावनालाई संकेत गर्दछ। ह्वावेको पहिलो शुद्ध इलेक्ट्रिक स्पोर्ट्स सेडानको लन्चले बढ्दो प्रतिस्पर्धात्मक इलेक्ट्रिक भेहिकल मार्केटमा ह्वावेको प्रवेशलाई इंकित गर्नुका साथै यसले अटोमोटिभ क्षेत्रमा कम्पनीको महत्वाकांक्षालाई पनि जोड दिएको छ।
ह्वावेले हालैका वर्षहरूमा अटोमोटिभ प्रविधिमा ठूलो लगानी गरिरहेको छ र यसले साइरस र बीएआईसी लगायत धेरै कार निर्माताहरूसँग साझेदारी गरेको छ। साथै नयाँ कारको लन्च हारमोनीओएस ४ को लागि ठूलो प्रोत्साहन हुने उल्लेख छ।
लक्सिड कसले बनाउनेछ भनेर अझै थाहा नभएतापनि धेरै मानिसहरूले भने उक्त नयाँ भेहिकलको निर्माण चेरीले गर्ने सोचेको उल्लेख छ।
त्यसैगरी लक्सिडमा पनि चेरीका केही गाडीहरूमा प्रयोग गरिएका उही डिजाइन प्रयोग गरेर निर्माण गरिने अफवाहहरू रहेको उल्लेख छ।
प्रकाशित: २३ श्रावण २०८०, मंगलवार