अनलाइनमार्फत श्रम स्वीकृति सुचारु, फेमिस फाइल सर्भर माइग्रेट गरिँदै

  • Technology Khabar | २३ श्रावण २०८०, मंगलवार
अनलाइनमार्फत श्रम स्वीकृति सुचारु, फेमिस फाइल सर्भर माइग्रेट गरिँदै

काठमाडौं ।

अनलाइनमार्फत श्रम स्वीकृति प्रदान गर्ने विद्युतीय प्रणालीमा केही दिनदेखि आएको समस्या समाधान भई सोमबारदेखि सेवा शुरु हुने जनाइएको छ।

वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) को ‘ब्याक अप फुल’ भएर आएको समस्या सोमबारदेखि समाधान हुने जनाएको हो।

विभागका अनुसार फेमिसमा प्राविधिक समस्या आएको हो। जसले गर्दा श्रम स्वीकृति लिने, पुनः श्रम स्वीकृति लिने काममा समस्या भइरहेको छ।

विभागले हाल अनलाइनमार्फत नै श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम गर्दै आएको छ। सिस्टममा आएको प्राविधिक समस्याका कारण वैदेशिक रोजगारीमा जान लागेका हजारौँ श्रमिक समस्यामा परेका छन् । कतिपयको टिकट नै रद्द गर्नुपर्ने अवस्था आएको छ।

यसैबिच विभागले मंगलबारदेखि फेमिस फाइल सर्भर माइग्रेट गर्न लागेको हुँदा बेलुकादेखि फाइल अपलोड गर्न नसकिने जनाएको छ। विभागले अर्को सूचना नआएसम्म सो सेवा अवरुद्ध हुने जनाएको छ।

प्रकाशित: २३ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार