
काठमाडौं ।
ईभी उद्योगको एक प्रमुख खेलाडी रहेको फक्सवागनले आफ्नो आगामी प्लग–इन–हाइब्रिड क्यालिफोर्निया कन्सेप्ट क्याम्परको टिजर रेन्डर्स जारी गरेको छ। आधिकारिक अनावरण अगस्ट २५ मा जर्मनीको डसेलडोर्फमा हुने क्याराभान स्यालन शोमा २०२४ को उत्पादन मोडलको साथमा तय गरिएको छ।
नयाँ क्यालिफोर्निया कन्सेप्ट भने मल्टिभनको विस्तारित संस्करणमा आधारित भएको उल्लेख गरिएको छ। यस क्याम्परको उल्लेखनीय विशेषताहरू मध्ये एक भनेको ‘पप–अप रुफ’ रहेको र उक्त रुफलाई तैनात गरिएको अवस्थामा प्रभावशाली रुपमा ६.५ फिट (लगभग दुई मिटर) उचाइ थपिने उल्लेख गरिएको छ।
साथै टिजर इमेजेसमा ओभरअल (समग्र) क्याम्पिङ अनुभवको साथमा जानको लागि भनेर गाडीको दुबै छेउमा विस्तारित छाना देखिएको गीज्मोचाइनाले उल्लेख गरेको छ।
सीमित भिजुअलहरूले क्याम्पर भित्र थर्मोस्टेट, लाइटनिङ र कूलिङ बक्स जस्ता फङ्गसन्स् निरीक्षण गर्नेका लागि भनेर सावधानीपूर्वक डिजाइन गरिएको कन्ट्रोल प्यानल रहेको सङ्केत गरेको उल्लेख छ। साथै हालका लागि क्याम्परको क्याबिनको उपलब्ध भएको झलक यतिमात्र भएको उल्लेख छ।
१.४–लिटर टर्बोचार्ज्ड इन्जिन र २१५ हर्सपावर उत्पादन गर्ने इलेक्ट्रिक मोटरको साथ हाल मल्टिभ्यानमा ईहाइब्रिड पीएचईभी पावरट्रेन समावेश गरिएको उल्लेख छ। हालको ब्याट्रीले ३० माइलसम्मको विशुद्ध विद्युतीय ड्राइभको प्रतिज्ञा गर्दछ।
यसका अतिरिक्त, आईडी डट बजको क्यालिफोर्निया भर्सन फक्सवागनको इलेक्ट्रिक क्याम्पर २०२५ मा लन्च हुने चर्चा रहेको छ। यद्यपी स्पेसिफिक विवरणहरू सार्वजनिक नभएको तर आरामदायी सुत्ने क्षेत्र र कम्प्याक्ट किचन जस्ता सुविधाहरू सहितका अपेक्षाहरू निकै उच्च रहेका उल्लेख छ।
प्रकाशित: २३ श्रावण २०८०, मंगलवार