Technology Khabar १२ श्रावण २०८०, शुक्रबार
काठमाडौं ।
चिपमेकर एएमडीले आगामी पाँच वर्षमा भारतमा करिब ४०० मिलियन डलर लगानी गर्ने भएको छ। देशको दक्षिणी सहर बेङ्गलोरमा आफ्नो सबैभन्दा ठूलो डिजाइन सेन्टर स्थापना गर्ने योजना सहित एएमडीले उक्त लगानी गर्ने बताइएको हो।
योजनाले चिपमेकर दक्षिण एसियाली राष्ट्रको सेमीकन्डक्टर बन्ने महत्वाकांक्षालाई समर्थन गर्ने फर्महरूको बढ्दो सूचीमा सामेल हुने उल्लेख छ।
एएमडीका सीटीओ मार्क पेपरमास्टरले शुक्रबार भारतको गुजरातमा आयोजित वार्षिक सेमिकण्डक्टर सम्मेलन सेमिकन इन्डिया २०२३ मा चिपमेकरको लगानी योजनाहरू घोषणा गरेका हुन्।
“हाम्रो लगानीले यहाँ भारतमा दुई दशकभन्दा बढीको वृद्धि तथा सफल उपस्थिति निर्माण गर्नेछ,” पेपरमास्टरले आफ्नो मुख्य भाषणमा भने।
एएमडीले यस वर्षको अन्त्यसम्ममा बेङ्गलोरमा आफ्नो नयाँ डिजाइन केन्द्र खोलेर भारतमा आफ्नो पदचिन्ह विस्तार गर्ने उल्लेख छ।
५००,००० वर्ग फुटको क्षेत्रफलमा फैलिएको यो नयाँ सुविधाले दिल्ली, गुरुग्राम, हैदरावाद र मुम्बईका स्थानहरूसहित भारतमा एएमडी कार्यालयहरूको कुल सङ्ख्या १० पुग्ने बताइएको छ।
“यी लगानीहरू मार्फत, एएमडीले भारतमा हाम्रो आर एण्ड डी क्षमताहरूलाई थप विस्तार गर्नेछ। जसले सरकारको भारत सेमीकन्डक्टर मिशनको समर्थनमा हाम्रो सेमीकन्डक्टर डिजाइन इनाेभेसन लाई ड्राइभ गर्न सक्षम हुनेछ र भारतलाई एक बलियो सेमीकन्डक्टर प्रतिभा र राष्ट्र बनाउन ड्राइभ गर्नेछ,” उनले थपे।
दक्षिण एसियाली राष्ट्रमा २२ वर्षअघि सन् २००१ मा आफ्नो सञ्चालन सुरु गरेको सान्ता क्लारा मुख्यालय भएको कम्पनीमा ६,५०० भन्दा बढी कर्मचारीका साथै देशमा ३,००० साझेदार तथा ठेकेदारहरू रहेका छन्। चिपमेकरले २०२८ को अन्त्यसम्ममा ३,००० थप इन्जिनियरहरूसँग देशमा आफ्नो कार्यबल विस्तार गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १२ श्रावण २०८०, शुक्रबार