इभी ट्रक निर्माता निकोलाको मुख्यालयमा रहेको क्षतिग्रस्त ट्रकमा पुन:आगो लाग्यो

Technology Khabar ९ श्रावण २०८०, मंगलवार

काठमाडौं ।

पहिलेनै क्षतिग्रस्त भएको विद्युतीय ट्रक आइतबार दिउँसो निकोलाको फिनिक्स, एरिजोना मुख्यालयमा पुन: आगलागी भएको थियो तर त्यहाँ कुनै चोटपटक नभएको कम्पनीले एक विज्ञप्तिमा भनेको छ।

“आज दिउँसो करिब २ बजे निकोला मुख्यालयमा, पहिले क्षतिग्रस्त ट्रकहरू मध्ये एउटा पुन: सल्कियो। कोही पनि घाइते भएन र आगोलाई तुरुन्तै नियन्त्रण गरियो,” कम्पनीले भन्यो।

रोयटर्सकाअनुसार क्षतिग्रस्त ट्रकहरूलाई कम्पनीको फिनिक्स साइटमा “सुरक्षा अनुगमन र चलिरहेको अनुसन्धान” को लागी राखिएको थियो।

निकोलाले गत महिना आफ्नो मुख्यालय वरिपरि आगलागी भएको रिपोर्ट गरे र धेरै ट्रकहरूलाई असर गर्ने तर कुनै चोटपटक नलागेको घटनाको पछाडि खराब कार्य भएको आशंका गरेको बताएको छ।

यो समाचार आएसँगै गएको सोमबारको प्रारम्भिक कारोबारमा कम्पनीको शेयर ११.८ प्रतिशतले घटेको थियो।

प्रकाशित: ९ श्रावण २०८०, मंगलवार

तपाइको प्रतिक्रिया