भुटान लामो समयदेखि गोप्य रुपमा बिटक्वाइन माइनिङमा

  • Technology Khabar | २८ असार २०८०, बिहीबार
भुटान लामो समयदेखि गोप्य रुपमा बिटक्वाइन माइनिङमा

काठमाडौं ।

दक्षिण एसियाली मुलुक भूटान राज्यको स्वामित्वमा क्रिप्टो खानी (माइन) सञ्चालन गर्ने विश्वको दोस्रो देश बन्ने योजनामा रहेको छ।

भुटानले भर्खरै अन्तर्राष्ट्रिय वित्तीय बजारलाई चकित पार्ने एउटा गोप्य खुलासा गरेको छ। भूटानले आफ्ना नागरिकलाई समेत थाहा नदिई विगत केही वर्षदेखि गोप्य रुपमा क्रिप्टो खानी सञ्चालन गरिरहेको युरोन्यूजले लेखेको छ।

भुटानले क्रिप्टोलाई दिगो तरिकामा खनन (माइनिङ) गर्न सक्षम भएको छ। अन्य मुलुकहरुले ठूलो परिणामा विजुलीको प्रयोगबाट क्रिप्टो खनन गर्ने गरेकाले आलोचना पनि हुने गरेको छ।

भुटानले आफ्नो जलविद्युतको प्रयोग गरेर क्रिप्टो खनन गर्न सक्षम भएको छ। जलविद्युत ऊर्जालाई नवीकरणीय धेरै हदसम्म “हरियो“ स्रोत मान्न सकिन्छ।

भुटानमा प्रचुर मात्रामा जलविद्युत उत्पादन हुने गरेको छ।

कुल ७७ लाख ७० हजार जनसंख्या भएको भुटानको अधिकांश घरमा जलविद्युत इन्धनको रुपमा प्रयोग भइरहेको छ। भुटानको कूल गार्हस्थ्य उत्पादन (जीडीपी) को ३० प्रतिशत जलविद्युतले प्रतिनिधित्व गर्दछ।

तर भुटानको भर्खरै खुलासा गरिएको गोप्य जानकारी अनुसार देशले आफ्नो विशाल स्रोतलाई अर्को उद्देश्य पनि प्रयोग गर्ने योजनामा काम गरिरहेको छ। भुटानले आफ्नो अर्थतन्त्रलाई बढावा दिन र दिगो बनाउन भविष्यमा आफ्नो आफ्नै क्रिप्टो खानीहरूको निर्माण गर्ने तयारीमा छ।

आफ्नो भविष्यका लागि क्रिप्टोकरेन्सीमा दाउ खेल्ने भुटान मात्र एक्लो देश हैन। मध्य अमेरिकी देश एल साल्भाडोर हाल राज्यको स्वामित्वमा रहेको क्रिप्टो खानी सञ्चालन गर्ने विश्वको एक मात्र देशको रुपमा रहेको छ।

यसको सानो आकार र सीमित स्रोत भएको भुटानका लागि ग्रिन क्रिप्टो खनन आर्थिक सबलिकरणका लागि एक समाधान हुन सक्छ। देशले आफ्नो आत्मनिर्भरता स्थापना गर्न वर्षौंदेखि संघर्षरत छ।

भुटानसँग प्रचुर जलविद्युत रहेकाले डिजिटल सम्पत्ति खनन सञ्चालनका लागि भुटान उत्कृष्ट विकल्प हुन सक्छ।

सस्तो जलविद्युत र अग्ला पहाडको धनी भुटान बिटक्वाइन उत्पादनका क्रममा तातो हुने कम्प्युटरलाई चिसो पार्नका लागि उत्तम वातावरण प्रदान गर्दछ। भुटानको क्रिप्टो खानीहरु कार्बन फुटप्रिन्टमा कम योगदान पुर्याउन सक्छ।

यो किन गोप्य थियो र अहिले किन खुलासा गरियो?

रिपोर्ट अनुसार भुटानले वर्षौंदेखि  क्रिप्टो उत्खनन गरिरहेको छ, यद्यपि यो कति लामो, कहाँ, वा के कति कमाई भयो भन्ने कुरा स्पष्ट छैन।

स्थानीय पत्रिका द भुटानीसँग कुरा गर्दै, एक सरकारी प्रतिनिधिले भने कि देशले, ‘केही वर्ष पहिले बिटकोइनको मूल्य ५ हजार अमेरिकी डलरको आसपास हुँदा प्रारम्भिक प्रवेशकर्ताहरू मध्ये एकको रूपमा खानी सुरु गरेको थियो।’

बुधबार साँझसम्म बिटक्वाइनको मूल्य ३० हजार ७१६ अमेरिकी डलर बराबर छ।

लामो समयसम्म गोप्य रुपमा क्रिप्टो खनन गरिरहेको भुटानले आफ्नो राज्यमा थप परियोजना विस्तार गर्न साझेदारहरु खोजिरहेको छ। साझेदारहरुलाई आकर्षित गर्न भुटानले आफ्नो गोप्य क्रिप्टो उत्खननको विषय बाहिर ल्याएको बुझिएको छ।

भुटानको लगानी शाखा, सरकारी स्वामित्वको होल्डिङ कम्पनी ड्रुक होल्डिङ एन्ड इन्भेस्टमेन्ट (डीएचआई), र नास्डाकमा–सूचीबद्ध खानी कम्पनी बिटडियरले राज्यमा हरियो क्रिप्टो खनन विकास गर्न प्रयोग गरिने ५०० मिलियन अमेरिकी डलरको परियोजनाका लागि लगानीकर्ताहरू खोजिरहेका छन्।

प्रकाशित: २८ असार २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी

  • Technology Khabar
  • २८ असार २०८०, बिहीबार