गोडरेजको नयाँ इन्भर्टर एअर कन्डीसनर (एसी) नेपाली बजारमा

  • Technology Khabar | १८ असार २०८०, सोमबार
गोडरेजको नयाँ इन्भर्टर एअर कन्डीसनर (एसी) नेपाली बजारमा

काठमाडौं ।

भारतीय रेफ्रिजेरेटर ब्रान्ड गोडरेजले नयाँ इन्भर्टर एअर कन्डीसनर (एसी) नेपाली बजारमा सार्वजनिक गरेको छ। गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ।

गोडरेज इन्भर्टर एसीमा एन्टी भाईरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९% सम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्दछ। यस एसी आर३२ इको रेफ्रिजीरेन्ट भएको र ५२डिग्री सम्मको तापक्रममा पनि कूलिङ गर्न सक्ने क्षमता रहेको छ।

कम्पनीकाअनुसार टुइन रोटरी इन्भरटर टेक्नोलोजीमा आधारित यस एसीले विजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता रहेको छ। गोडरेजको यस एअर कन्डीसनरमा १० बर्ष को इन्भरटर कम्प्रेसर वारेन्टी रहेको छ।

यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शुन्य प्रतिशतमा फाइनान्स सुबिधा पनि प्रदान गरेको छ।

नेपालभर गोडरेज ब्राण्डको आधिकारिक बिक्रेता चौधरी ग्रुपको सिजी ईलेक्ट्रोनिक्स अन्तर्गत सिजी इओएल रहेको जनाएको छ।

प्रकाशित: १८ असार २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार