
काठमाडौं ।
ह्वावेको उत्पादन साझेदारले युरोपेली बजारमा आफ्नो पहिलो विद्युतीय सवारी साधन डिलिभर गरेको छ। ह्वावेको साझेदार सेरेसले रिब्रान्डेड आईटो एम५ को माध्यमबाट युरोप प्रवेश गरेको हो।
ह्वावे र सेरेसले लामो समयदेखि संयुक्त रुपमा कारहरु बनाइरहेका छन्। सेरेस फ्याक्ट्रीबाट बाहिर निस्केका केही सवारी साधनहरुमा ह्वावेको लोगो देखिएको थिएन। त्यसैले यस वर्षको सुरुमा ह्वावेले दुई साझेदारहरु विभाजित भएको अफवाहलाई अस्वीकार गरेको थियो। दुई कम्पनीहरूले पहिले नै बिक्रीमा रहेका दुई मोडलहरू आईटो एम५ र आईटो एम७ सँग संयुक्त आईटो ब्रान्ड सिर्जना गरेका हुन्। यस संयुक्त उद्यममा, ह्वावेले प्रविधि आपूर्ति गर्दछ, र सेरेसले सवारी साधनहरूको डिजाइन र निर्माण गर्दछ र दुबै कम्पनीहरू आफ्नो संलग्नतालाई अझ गहिरो बनाउन सहमत भएका छन्।
सेरेसले भर्खरै एसएफ५ कूप एसयूभीको पहिलो यूनिट नर्वेमा डिलिभर गरेको छ। एसएफ५ आईटो एम५को रिब्रान्ड हो। कम्पनीले यसलाई आफ्नै डिलरशिप नेटवर्क मार्फत बिक्री गर्दै तर नोर्डअटोसँग वितरण सम्झौतामा हस्ताक्षर गरेको छ। कम्पनीले नर्वे, एस्टोनिया र रुसमा विद्युतीय सवारीहरु बिक्री गर्छ। यो विवरण आधिकारिक नभएको एरिनाईभीले उल्लेख गरेको छ।
सेरेसको वेबसाइटमा गाडीलाई सेरेस ५ भनिएको छ। नर्डअटो यसलाई सेरेस एसएफ५ भनेको यसले गर्दा भ्रम थपिएको छ।
एसएफ५को बीईभी भर्सन मात्र नर्वेमा उपलब्ध भएको देखिन्छ। इो ४३० किलोवाट साथे अल फोर ह्वील पवारको दुई ओटा इलेक्ट्रिक मोटरमा उपलब्ध छ। यो ईभी ३.५ सेकेन्डमा ० देखि १०० किलोमिटरको गति लिन सक्षम छ। ८० किलोवाट आवरको ब्याट्रीले ५०० किलोमिटर रेञ्ज प्रदान गर्छ। एसएफ५को रिटेल मूल्य ४९ हजार ५०० युरो तोकिएको छ।
चीनमा आईटो एम५ ह्वावेको हारमोनीओएसबाट सञ्चालन हुन्छ भने युरोपियन बजारमा गुगलको एन्ड्रोइड अटो सफ्टवेयरबाट सञ्चालन हुन्छ।
प्रकाशित: १२ असार २०८०, मंगलवार