काठमाडौं ।
ललितपुर महानगरले चक्रपथ बाहिरका वडाहरुमा सिसिटिभी क्यामरा जडान गर्ने भएको छ।
नेपाल प्रहरीसँगको सहकार्यमा महानगरले सुनाकोठी, बुङमती, फर्सिडोल, खोकना, धापाखेल नागदह खण्डमा सिसिटिभी क्यामरा जडान गर्न लागेको हो।
महानगर र जिल्ला प्रहरी परिसरबीच क्यामेरा जडानसम्बन्धी समझदारी पत्रमा महानगरका प्रमुख चिरीबाबु महर्जन र जिल्ला प्रहरी परिसर, ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षकले हस्ताक्षर गरे।
यसैगरी महानगर प्रमुख महर्जनले प्रहरीलाई तीन करोड ५० लाखको चेक हस्तान्तरण गरे।
महानगर प्रमुख चिरीबाबु महर्जनले सिसीटिभी क्यामरा जडान नभएको रुटमा सिसिटिभी क्यामरा जडान गर्ने बताए।
अबको तीन वर्षभित्र महानगरका सबै सडकमा स्मार्ट सडक बत्ती जडान हुने धारणा राख्दै स्मार्ट सडक बत्ती जडान भएको रुटमा सिसिटिभी क्यामरा जडान गरिने छ।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले गाँस, बास र कपास पछिको आधारभूत आवश्यकता सुरक्षा भएको बताइन्। उनले सिसिटिभी जडान प्रहरीसँगको महानगरको सहकार्यसँगसँगै नगरवासीको सुरक्षा भएको जानकारी दिईन्। गोरखापत्रबाट
प्रकाशित: १ असार २०८०, शुक्रबार