
काठमाडौं ।
मिडिया र मनोरन्जनमा बिस्तारै स्टेपल बन्ने क्रममा रहेको एआईको बारेमा अर्को रोचक जानकारी बाहिर आएको छ। द बीटल्सका लेजेन्डरी सदस्य पल म्याकार्टनीले ब्यान्डले यस वर्ष आट्रिफिसियल इन्टेलिजेन्स (एआई) को सहयोगमा नयाँ गीत रिलिज गर्ने घोषणा गरेका छन्।
म्याककार्टनीको एकासीऔं जन्मदिनको अवसरको लागि तय गरिएको उक्त प्रतिक्षित रिलीजलाई ब्यान्डको “अन्तिम गीत” को रुपमा उल्लेखित गरिनुका साथै उनीहरूको उत्कृष्ट विरासतको प्रमाणको रुपमा लिइएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।
अत्याधुनिक एआई प्रविधिको प्रयोग गर्दै उनीहरूले जोन लेननको आवाजलाई सफलतापूर्वक एक्सट्य्राक्ट (निकाले) गरेको र १९७० को दशकको अन्त्यतिरबाट अधूरो एकल गीतमा काम जारी राखेको म्याककार्टनीले साझा गरेको उल्लेख छ। बीटल्सको ९० को दशकको मध्यमा “फ्री एज अ बर्ड” र “रियल लभ” गीतहरु पनि लेननको अपूर्ण रचनाहरूबाट बनाइनुका साथै यस घोषणाले अघिल्लो विमोचनलाई पछ्याउने उल्लेख गरिएको छ।
एआईमा भएका प्रगतिहरूले अब अन्य कलाकारहरूका पुराना स्वरका नमूनाहरूसँगै नयाँ ‘भोकल लेअर’हरू गर्न वा राख्न खोजिरहेका कलाकारहरूका लागि अभूतपूर्व सम्भावनाहरू खोलेको बताइएको छ। लेननको आवाज एक्सट्य्राक्ट निकालेपछि मेलोडि र लिरिक्स परिवर्तन गर्ने क्षमताको साथमा प्रोडक्सन टिमले लेननको लामो समयदेखि हराएको कामलाई उजागर गर्दै उनको कलात्मकताको वास्तविक सार प्रयोग गरेको दाबी गरेको छ।
“नाउ एण्ड देन” ले नयाँ गितका रूपमा ठूलो सम्भावना बोकेको उल्लेख छ जसमा एआई प्रयोग गरिने बताईएको छ। त्यसबेला, ब्यान्डका गितारवादक जर्ज ह्यारिसनले गीत मन नपराएका कारण उक्त गीत संकलनमा समावेश नगरिएको म्याककार्टनीले खुलासा गरेका छन्।
प्रकाशित: १ असार २०८०, शुक्रबार