
काठमाडौं ।
अनलाइन बेटिङ वानएक्सको प्रवर्द्धनको आरोपमा ८ सेलिब्रेटी पक्राउ परेका छन्। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ कलाकार र ३ जना युट्युबरलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने कलाकारहरुमा राजु पौडेल ९राजु मास्टर०, मरिचमान श्रेष्ठ (बल्छी ध्रुवे), भटभटे माइला (बेगम नेपाली), पवन खतिवडा (म्याकुरी) र सरोज घिमिरे छन्। यस्तै युट्युबर अलिस राई, जलन घर्ती मगर र गणेश देवकोटा रहेका छन्। उनीहरुलाइ राजधानीको विभिन्न स्थानबाट पक्राउ गरिएको कार्यालयका प्रमुख एसएसपी डा.मनोज केसीले जानकारी दिए।
उनीहरु माथि बेटिङलाई प्रमोशन गरेको आरोप लगाइएको छ। उनीहरुले आफ्नो स्वामित्वका फेसबुक पेज र यूट्युबमार्फत अनलाइन बेटिङको प्रवर्द्धन गरेको पाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई बिहीबार अदालतमा उपस्थित गराइएको छ। र, अदालतले उनीहरुलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति छ।
प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार