
काठमाडौं ।
विद्युतीय सवारीसाधनको लोकप्रियता तीव्र गतिमा बढ्दै गएको हुनाले यसले बजारमा प्रतिस्पर्धा बढाएको छ। उत्पादकहरूले अटोनोमस (स्वायत्त) ड्राइभिङ र ब्याट्री प्रविधि जस्ता क्षेत्रमा एकअर्कालाई उछिन्ने प्रयास गरिरहेका छन्।
हालै, बीवाईडीले ब्याट्री क्षेत्रमा महत्त्वपूर्ण कदम चालेको बताइएको छ। सोडियम–आयन ब्याट्रीको ठूलो उत्पादनको लागि पहिलो कारखाना निर्माण गर्ने योजनाका साथ कम्पनी अगाडि बढिरहेको गीज्मोचाइनामा उल्लेख गरिएको छ।
सोडियम–आयन ब्याट्रीहरू एक नयाँ प्रकारको रिचार्जेबल ब्याट्री भएको र यसले सोडियम आयनहरूलाई आफ्नो चार्ज क्यारिअर्स (वाहक) को रूपमा प्रयोग गर्ने बताइएको छ। साथै सोडियम लिथियम भन्दा धेरै प्रचुर मात्रामा रहेको हुनाले सोडियम–आयन ब्याट्रीहरूलाई अधिक दिगो र उत्पादन गर्न कम महँगो पर्ने बताइएको छ।
त्यसैगरी सोडियम–आयन ब्याट्रीहरू लिथियम–आयन ब्याट्रीहरू भन्दा थप सुरक्षित हुने उल्लेख गरिएको छ। सोडियम–आयन ब्याट्रीहरूमा आगो लाग्ने वा विस्फोट हुने सम्भावना पनि कम भएको र लिथियम–आयन ब्याट्रीहरूमा पाइने कुनै पनि विषाक्त पदार्थहरू सोडियम–आयन ब्याट्रीहरूमा समावेश नगरिने उल्लेख गरिएको छ।
अझै पनि आफ्नो विकासको प्रारम्भिक चरणहरूमा रहेको सोडियम–आयन ब्याट्रीहरूका साथ ब्याट्री उद्योगमा क्रान्तिकारी परिवर्तन गर्ने क्षमता रहेको बताइएको छ। सोडियम–आयन ब्याट्रीहरू ल्यापटप, स्मार्टफोनहरू र इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारीहरू) लगायतका डिभाइसहरूको विस्तृत रेन्ज (दायरा) लाई पावर गर्न प्रयोग गर्न सकिने बताइएको छ।
बीवाईडीले पनि ठ्याक्कै यहि गर्न चाहेको उल्लेख छ। साथै सोडियम–आयन ब्याट्रीको ठूलो उत्पादनको लागि पहिलो कारखाना निर्माण गर्ने योजनाका साथ कम्पनी अगाडि बढिरहेको बताइएको छ।
लिथियम–आयन ब्याट्रीहरू हाल इलेक्ट्रिक भेहिकल्स (विद्युतीय सवारीहरू) मा प्रयोग हुने ब्याट्रीको सबैभन्दा सामान्य प्रकार हो। तर हालका वर्षहरूमा लिथियमको मूल्य अस्थिर भएको उल्लेख छ। सोडियम–आयन ब्याट्रीहरू लिथियम–आयन ब्याट्रीहरूको सम्भावित विकल्प भएको बताइएको छ। बीवाईडीको नयाँ कारखाना चीनको जुझौउमा हुने र कारखानाले १० गिगावाट आवरको वार्षिक उत्पादन क्षमता गर्ने अपेक्षा गरिएको छ। साथै कारखानाले २०२४ बाट उत्पादन सुरु गर्ने योजना रहेको उल्लेख गरिएको छ।
बीवाईडी सोडियम–आयन ब्याट्रीहरू विकास गर्ने एक मात्र कम्पनी भने नभएको बताइएको छ। फक्सवागन र गिली जस्ता अन्य अटोमेकरहरूले पनि सोडियम–आयन ब्याट्री प्रविधिमा काम गरिरहेको उल्लेख गरिएको छ। यद्यपि, सोडियम–आयन ब्याट्रीहरूको ठूलो उत्पादनको लागि कारखाना निर्माण गर्ने योजना घोषणा गर्ने बीवाईडी पहिलो अटोमेकर भएको उल्लेख गरिएको छ।
प्रकाशित: ३२ जेष्ठ २०८०, बिहीबार